राष्ट्रपति ले ‘मेरो सरकार’ भनेको मा यस्तो छ प्रधानमन्त्रीको स्पष्टीकरण!

काठमाडौं,बैशाख २१ /प्रधानमन्त्री केपी शर्माले ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीले ‘मेरो सरकार’ भनेर सम्बोधन गरेको भन्दै व्यापक आलोचना भएपछि स्पष्टीकरण दिएका छन्। शनिबार बिहान सरकारी निवास बालुवाटारमा सम्पादकहरूसँग अन्तरक्रिया गर्दै प्रधानमन्त्री ओलीले यस्तो स्पष्टीकरण दिएका हुन्।

‘सम्पादकहरूसँगको अन्तरक्रियमा प्रधानमन्त्री ओलीलेले भने मैले मेरो देश भन्छु, तपाईँको अरुको होइन भनेको हो र ? ‘मेरो मात्र हो र राष्ट्रिय गान ? मेरो राष्ट्रिय गौरव भन्छु । ‘मेरो भन्ने कुराको सामूहिक अर्थमा बुझ्ने प्रयास हो। राष्ट्रप्रमुखको हैसियतले यो सरकार राष्ट्रपतिकै हो। त्यसैले मेरो सरकारको नीति तथा कार्यक्रम भन्नु भएको’ हो।’

‘यो अन्तर्राष्ट्रिय प्रचलन पनि हो। यसअघिका राष्ट्रपतिको सम्बोधन युट्युबमा हेर्नुभयो भने पनि यस्तै भनेको देखिन्छ।’ शुक्रबार संसदमा आगामी आर्थिक वर्ष २०७५/०७६ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दा राष्ट्रपति विद्यादेवी भण्डारीले ‘मेरो सरकार’ भन्ने शब्द पटक-पटक प्रयोग गरेकी थिइन्। यो शब्दले राजाकै झल्को दिएको भन्दै सञ्चारमाध्यमदेखि सामाजिक सञ्जालसम्म व्यापक आलोचना भइरहेको छ। प्रमुख प्रतिपक्षलगायत राजनीति दलका नेताहरूले पनि राष्ट्रपतिको सम्बोधनको आलोचना गरेका छन्।’

प्रकाशित मिति २१ बैशाख २०७६, शनिबार १२:०५
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस