रियल म्याड्रिडले भिल्लारियललाई २-३ गोलले पराजित

स्पेनिस ला लिगामा भएकाे खेलमा रियल म्याड्रिडले भिल्लारियललाई ३-२ गोलले पराजित गरेको सफल रह्यो। खेलको दोस्रो मिनेटमै मारियानोले गोल गरि रियललाई अग्रता दिलाएका हुन् तर भिल्लारियलका लागि मोरेनोले ११ मिनेटमा बराबरी गोल फर्काए थिए।

४० मिनेटमा भालेजोले रियलका लागि दोस्रो गोल गरे र ४९ मिनेटमा मारियानोले रियलका लागि तेस्रो तथा व्यक्तिगत दोस्रो गोल गरि इन्जुरी टाइममा भिल्लारियका कोस्टाले गोल गरे पनि टिमलाई खेलमा फर्कन ढिला भइसकेको थियो।

लिगमा रियल अन्तिम २ खेल बाँकी रहदा ६८ अंक जोडेर तेस्रो स्थानमा रहेकाे छ।दोस्रो स्थानको एट्लेटिको म्याड्रिडको ७४ र च्याम्पियन बनिसकेको बार्सिलोनाको ८३ अंक रहेकाे छ।लिगमा २ खेल बाकी रहेता पनि उपाधि बार्सिलाेनाले पाईसकेकाे छ।

प्रकाशित मिति २३ बैशाख २०७६, सोमबार १०:००
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस