हेर्नुहोस  चर्को घाममा रिक्सा  चढेर जनताको घरदैलोमा शेरबहादुर देउवा

काठमाडौ प्रमुख प्रति पक्षमा रहेको दल नेपाली कांग्रेसको जागरण अभियान अन्र्तगत पहिलो चरणको कार्यक्रम देश भर संचालन रहेको छ । देशका ७७ वटै जिल्लामा संचालन भएका जागरण अभियानमा नेपाली कांग्रेसका शीर्ष नेताहरूले सहभागी भएर जनतालाई जागरुक बनाई रहेका छन्। शुक्रबार तराईका विभिन्न जिल्लामा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा स्वयम् पुगेर जागरण अभियानमा सहभागी बनेनेपाली

कागे्रस पार्टी सभापति देउवाले मध्ये दिउसोको समयमा घामको प्रवाह नगरेरै रिक्सा सयर गरेर तराईका जिल्ला हरुको जागरण अभियानमा सहभागी बनेका तस्वीर यतिबेला सामाजीक सञ्जालमा सार्वजनिक भए पछि शुक्रबारको जागरण अभियानको चारै तिर चर्चा परिचर्चा सुरु भएको छराष्ट्रपतिले आफू कतै निस्कदा पूरै बाटो बन्द गर्ने परम्पराले दिक्क भएका जनताले देउवाको यो शैलीको खुलेर प्रशंसा

गरेका छन् । सर्वसाधारण जस्तै रिक्सामै चढेर जनताको घर दैलोमा देउवा पुगेपछि अहिले उक्त तस्वीर सामाजिक सञ्जालमा भाईरल बनिरहेको छ । बेलाबखतमा आलोचनामा आईरहने देउवाको अहिले सामाजिक सञ्जाल लगायत विभिन्न मिडियाहरुले चौतर्फी प्रशंसा गरिरहेका छन् प्रेस र

मानवअधिकारलाई कुण्ठित गर्ने विधेयक फिर्ता हुनुपर्छ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले स्वतन्त्र प्रेस तथा मानवअधिकार नै कुण्ठित हुने गरी संसदमा ल्याएका कुनै पनि विधेयक पास हुन नदिने बताएका छन् । शनिबार विराटनगर विमानस्थलमा सभापति देउवाले भने प्रेस

र मानवअधिकारलाई कुण्ठित गर्ने विधेयक फिर्ता हुनुपर्छ भन्ने कांग्रेसको अडान हो जर्बजस्ती गर्न खोजे संसद बाट कुनै पनि हालतमा पारित हुन दिदैंनौ सरकारले बजेट एक पक्षीय ढंगले ल्याउने र विपक्षीको मागलाई सम्बोधन नगरे विरोध गर्ने तर रेलिङ नभत्काउने बताए बन्द हड्ताल तोडफोडको नीति कांग्रेसको होइन देउवाले भने, ‘‘पत्रकार आंफै जे पायो त्यही लेख्न पाउँदैनन् भन्दै विधेयक ल्याएका छन् तर उनीहरु आफैंले बुझ्ने कुरा हो के लेख्ने न लेख्ने रु सरकारले भन्नै पर्दैन पत्रकारले जे पनि लेख्न पाउँछन ।’’ देउवाले कांग्रेसले सदनमा गरेको प्रस्तुति प्रभावकारी रहेको दाबी गरे । अदालत,

मानवअधिकार, प्रेस काउन्सिलमा भएको हस्तक्षेपको विरुद्धमा कांग्रेस रहेको बताउँदै उनले सकारको काम कार्वाही हेर्ने हो भने डेढ वर्षमा केही नै नभएको टिप्पणी गरे । पार्टीको महाधिवेशन समयमै हुने र कांग्रेसको जागरण अभियानले देशभर राम्रो सन्देश गएको बताए भने जागरण अभियानले

पार्टीलाई नयाँ उर्जा मिल्छ कतिपय कार्यक्रममा एक नेता गएको ठाउँमा अर्को नाजाने विषयबारे आफूलाई जानकारी नभएको देउवाले बताए विपक्षीलाई प्रधानमन्त्रीले गर्ने व्यवहारबारे पत्रकारले सोधेको प्रश्नमा देउवाले भने, ‘‘प्रधान मन्त्री जे पायो त्यही बोल्दै हिंड्नु हुन्छ यस्तो व्यवहार आफैं सुधार गर्ने हो । सुधार गराई दिने म डाक्टर होइन

प्रकाशित मिति ५ जेष्ठ २०७६, आईतवार ०१:०३
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस