आमाबुबाले छोडेपछि ४ महिनादेखि बाख्राको खोरमा

काठमाडौ छोराछोरीका लागि आमाबाबु सब थोक हो तर सबै आमाबाबु सबै छोराछोरीका लागि उस्तै नहुने पनि यो समाजमा नै देखिन्छ कुनै बाबाआमा यस्तो निर्दयी हुन्छन् जसले आफ्नै सन्तानलाई छोडेर हिडिदिन्छन् यस्ता केही ज्वलन्त उदाहरणका लागि धेरै टाढा दुर्गम गाउँमा पुग्नै पर्दैन काठमाडौँमा नै देख्न सकिन्छयस्तै निर्दयी आमाबुवा बनेका छन् मन्दिप दुवाडी र मनोज दुवाडीको पनि । काठमाडौँका तारकेश्वर नगरपालिका १० हिलेका उनीहरुको आमाबुबाले

साथ छोडे । मन्दिप बौद्धिक रुपमा फरक क्षमता अपाङ्ग हुन् उनी आमाबाबाको सहारा विनाको जिवन जिउन नसक्ने अवस्थामा छन् तर उनलाई आमाबुबा दुबैले छोडे मन्दिपका आमा र बाबाको पारपाचुके भयो । मन्दिपको पालनपोषण आमाले गर्ने गरी मुद्दा छिनोफानो भएको थियो मन्दिपकी आमाले आफ्नो छोराका पालनपोषण गर्न दिक्क मानेर नै होला दोस्रो विवाह गरिन् । मन्दिपको बुबाले पनि अर्कै श्रीमती ल्याए आमा र बुबा आ –आफ्नै बाटो लागे । तर मन्दिप भने

बेसहारा बने जो कोही पनि शारीरिक रुपमा स्वस्थ भएको व्यतिलाई नै साथ दिन्छ त्यस्तै भयो मन्दिपको पनि । शारीरिक रुपमा स्वस्थ भएका कारण नै मन्दिपको दाईलाई उनका काकाले हेर्ने जिम्मा लिए ।मन्दिपलाई हेर्न कोही अगाडि बढेनन् । मन्दिपको अवस्था कहालीलाग्दो हुदै गयाे मन्दिप बाख्रा बाँध्ने खोरमा थुनिएको अवस्थामा थिए। हजुरबा हजुरआमालाई कमाएर खृवाउने बेला मन्दिपलाई पालानपोषण गर्न उनीहरु बाध्य छन् । उनीहरुका आम्दानीको

कुनै स्रोत छनै । सकि नसकि अरुको माटो खेस्र्रेर विहान बेलुकाको छाक टार्दै आएका छन् उनीहरु दिनभरि नातिलाई हेरेर बस्न सक्ने अवस्था छैन गहभरी आँसु पार्दै मन्दिपका हजुरबुबा गिता भकानिए । उनीहरुले विगत ४ महिनादेखि मन्दिपलाई बाख्रा बाँध्ने खोरमा राख्दै आइरहेका थिए । जस्ताले छाएका करिब ५ फिटे अस्थाइ टहरेमा बाँसको खोर बनाइ मन्दिपलाई थुनिएका थिए
थोरै आँखा देख्ने मन्दिपका दुवै कानले सुन्दैन । मन्दिप आफ्नो शरिर आफै राम्रोसँग थाम्न सक्दैन् । उनलाई औला चुस्ने बानि लागेको छ । सदै औंला चुस्ने गरेकोले दुईओटा औलाको छाला अत्यन्त कमजोर देखिन्छन् । यसरी जीवन

विताउदै आएका मन्दिपलाई मानवसेवा आश्रमको सामाखुशी शाखाले आइतबार उद्धार गरेका छन् मन्दिपको स्वास्थ्य परिक्षण गराई उपचार सुरुवात गरिने मानवसेवा आश्रमका ३ नं.प्रदेश संयोजक सुमन बर्तौलाले बताए । मानवसेवा आश्रमले हालसम्म १८०० बढी घरबार विहिन, बेसहारा तथा असहाय मानवहरुलाई सेवा दिइसकेको छ । ६ प्रदेशको १२ ओटा जिल्लामा १४ स्थानमा यसका शाखा तथा उपशाखा सञ्चालनमा रहेको छ

प्रकाशित मिति ६ जेष्ठ २०७६, सोमबार ०८:४८
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस