सेयर गरौ। एशियाकै लामो र अग्लो झोलुङ्गे पुल नेपालमा (भिडियो हेरौ)

टाईम्स अफ नेपाली 

पर्वत जिल्लाको सदरमुकाम कुश्मा र मुडिकुवालाई जोड्न बनेको तीनसय ५९ मिटर लामो र एक सय ५७ मिटर उचाइको झोलुङ्गे पुललाई एशियाकै लामो र अग्लो भएको दावी गरिएको छ। मोदीखोलाको खोँचमा निर्माण भएको सो झोलुङ्गे पुल सिङ्गल स्पानबाट निर्माण गरिएको हो। निर्माण कम्पनी मुक्तिनाथ एण्ड ओम गिता जेभि ले स्थानीयको सहयोग र निर्माण सामाग्रीको सहजताका कारण निर्धारित समयभन्दा चार महिना अगाडि नै पुलको निर्माण सम्पन्न भएको छ।

स्थानीय पुर्वाधार विकास तथा कृषि सडक बिभाग (डोलिडार) अन्तर्गत झोलुङ्गे पुल महाशाखाको लगानीमा निर्मित पुलको लागत एक करोड ७६ लाख ९९ हजार छ। मुडिकुवाका सामाजिक कार्यकर्ता ऋषिकेश तिवारीको अगुवाईमा चार वर्षअघि सर्भे गरिएको पुल स्थानीय विकास मन्त्रालयको लगानीमा निर्माण भएको हो।

पुल बनेपछि मुडिकुवा, शंकरपोखरी, थापाठाना, देबिस्थान, खानीगाउँ सहित दक्षिण पर्वतका दुई दर्जनबढी गाविसका साथै बाग्लुङ र गुल्मीसमेतका केही गाविसबासीलाई पैदल हिड्दा करिब दुई घण्टा लाग्ने बाटो पुलले केही मिनेटमै छोट्याएपछि सर्वसाधारणहरु प्रसन्न छन। २०६६ सालमा निर्मित कुश्मा-ज्ञादी तीन सय ४४ र गत ७२ असोजमा निर्मित कुश्मा-कैया पुल तीन सय ४७ मिटर लम्बाई र एक सय ४६ मिटर उचाईका छन् । कुश्माका तिनवटै पुल मुलुककै अग्लामध्येका पहिलो, दोस्रो र तेस्रो हुन।

यो पढ्नुहोस भिडियो अन्तिममा हेर्नुहोला।

हामी सबै मोबाईल प्रयोग गछौ। मोबाईल फोन प्रयोग गर्ने बानी सबैमा छ। मोबाईल अहिलेको अत्यावश्यक प्रयोग सामाग्री भईसकेको छ। अन्य समयमा मोबाईलको प्रयोग र राती सुत्नुभन्दा अघिको मोबाईल प्रयोगमा भने ध्यान दिनुपर्छ। दिनमा त ठिकै छ तर राती सुत्नु भन्दा पहिले कम्तीमा पनि एक घण्टा अघि मोबाईलाई आफूबाट टाढा राख्नुपर्छ। यदि यसो गरेनौ भने हामीमा केहि समस्याहरु निम्तीन सक्छन।

सुत्नेबेला मोबाइल चलाउनु मानिसक स्वास्थ्यका लागि धेरै हानिकारक हुने तथ्य बाहिरिएको छ । करिब १ लाख मानिसहरुमा गरिएको सर्वेक्षणपछि उक्त तथ्य सार्वजनिक भएको हो । राति सुत्नेबेला मोबाइल चलाउनु मानिसक स्वास्थ्यका लागि धेरै हानिकारक हुने पत्ता लगाइएको समाचार संस्था इन्डिपेन्डेन्टले उल्लेख गरेको छ । यसअघि पनि आरामपूर्ण निद्रा पुर्याउन सुत्ने समयमा मोबाइल चलाउनु उचित नहुने अध्ययनले देखाएको थियो ।

तरपनि अधिकांश मानिसहरु फेसबुक, ट्वीटर र इन्स्टाग्राम जस्ता सामाजिक सञ्जालहरु घण्टौँसम्म स्क्रोल गरेर मात्र निदाउने गर्दछन् । यही विषयमा अध्ययन गरिरहेका विज्ञहरुले अहिले यस्ता मानिसहरुमा तनाव, एक्लोपना, बाइपोलार डिस्अर्डर र व्यक्तित्वमा नकारात्मक असर जस्ता मानसिक रोगहरु देखा पर्ने दाबी गरेका छन् ।

राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा

तौल बढ्ने सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या सबधानमा कठिन सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ। जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ।

दिमागलाई असर सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ। जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ।

आखामा कमजोरि अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ। जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ।

निन्द्रामा समस्या यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ। मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ। निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ।

ध्यान दिन नसक्नु मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डिप्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डिप्रेसन भएको हुनसक्छ ।

सगरमाथाको त्यो कहाली लाग्द कहानी आफ्नै साथी गुमाउदाको पीडा हेर्नुहोस तलको भिडियोमा

 

प्रकाशित मिति १३ जेष्ठ २०७६, सोमबार ००:०२
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस