आहा!! फेरि आयो रमाईलो लोक दोहोरी गीत “बैस जोबन”(भिडियो सहित)

काठ्मण्डौ राप्ती अञ्चल को एउटा सुन्दर जिल्ला सल्यान,यहाँको जैबिक बिबिधता अनी सल्यान जिल्लाको बयान गरीयो भने सायद सय पानामा पनी सकीन्न होला।यो जिल्ला आफुमा आफै एउटा भरीपुर्ण जिल्ला हो। यो जिल्लाले सांगेतीक क्षेत्रका धेरै कलाकारहरुको जन्म दिएको छ,तीनै कलाकार मध्यका केही बुहुचर्चीत  शर्जक हुन बिनोद बाबु के.सी पछील्लो समय हरेक लोक पारखीको मन मुटुमा बस्न सफल नाम हो यो।

निरन्तर सांगेतीक यात्रमा जुटिरहेका बिनोद बाबु के.सी र गरिमा छिनालको स्वरमा बैस जोबान बोलको गीत आईतवार सार्वजनिक भएको छ।गीतको शब्द अनी लय शृजना बिनोद बाबु के.सीले नै गरेका हुन भने गीतको म्युजिक भिडियोमा अभिनय चक्र बम र गरिमा छिनालको रहेको छ भने भिडियालाई निर्देशन काजिश श्रेष्ठले गरेका हुन्।

भिडियो

प्रकाशित मिति १५ जेष्ठ २०७६, बुधबार १०:०६
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस