अन्ततः नेपालमा आज देखी खुल्यो कतार भिसा सेन्टर के-के सुविधा देला पढ्नुहोस।

अन्ततः नेपालमा आज देखी खुल्यो ‘कतार भिसा सेन्टर’, के-के सुविधा देला ?

कतार आफ्नो देशको भिसा सहजीकरण होस भन्ने हेतुले बंगलादेश, पाकिस्तान, भारत र श्रीलंका जस्ता देशहरुमा सञ्चालनमा आईसकेको कतार भिसा सेन्टर आज बुधबारदेखि नेपालमा पनि सञ्चालन मा आएको छ।का ठमाडौंको महाराजगंजमा रहेको भिसा सेन्टर, नेपालका लागि कतारका महामहिम राजदूत युसुफ मोहम्मद अल हैल र कतार भिषा सेन्टरका प्रमुख मेजर अब्दुल्लाह खलीफा अल मोहन्नदीले आज एक बिशेष कार्यक्रम गरी उद्घाटन गरे संगै सञ्चालनमा आएको हो।

सेन्टरले रोजगारीका लागि कतार जाने नेपाली कामदारको भिसा, कतार आईसकेपछि गरिने स्वास्थ्य परीक्षण, कामदारको औंठा छाप (फिङ्गरिङ्ग) र कामदारले सक्कली करारपत्रमा हस्ताक्षर गर्ने जस्ता प्रकृया अब नेपालमा नै गर्न सक्नेछन् ।कतार आईसकेपछि गरिने स्वास्थ्य परीक्षण, कामदारको औंठा छाप (फिङ्गरिङ्ग) र कामदारले सक्कली करारपत्रमा हस्ताक्षर गर्ने जस्ता प्रकृया अब नेपालमा नै गर्न सकिनेछ ।

कतार भिसा सेन्टर (क्युभिसि) संचालनपछि भिसा प्रोसेसिङ, मेडिकल लगाएतमा नेपाली श्रमिकहरुले लामो समय कुर्नु नपर्ने भएको छ। कतार जान ईच्छुक कामदार मेडिकल फेल भए वा अन्य समस्या भएमा नेपालबाट नै कतार जान नपाउने भएकाले कतार पुगेर फर्किनुपर्ने समस्याको अब अन्त्य हुनेछ।

“क्युभिसिबाट रोजगारीमा कतार जाने नेपाली श्रमिकहरुको तथ्यांक राखिने हुँदा अब कती नेपाली रोजगारीक लागि कतार आए र कति नेपाली स्वदेश फर्किए, कुन कामदारको कस्तो अवस्थामा छ भन्ने जानकारी पनि प्राप्त गर्ने सकिनेछ। कतार सरकारले नै क्यु भिसि सञ्चालन गरेको हुनाले नेपाल बाट कतार जाने कामदारलाई समस्या नआउने क्युभिसिले जनाएको छ।भिसा केन्द्र स्थापना भएपछि निम्न सेवाहरु प्रदान गर्नेछन।”

“रोजगारीको अवसरबारे सूचना दिने,प्रवेशाज्ञा एवम् श्रमपत्र जारी गर्ने,स्वास्थ्य जाँच गर्ने,कामदारको औंठा छाप (फिङ्गरिङ्ग) लिने र श्रमिक – रोजगारदाताबीचको अन्तिम सम्झौता गराउने।।”

प्रकाशित मिति १६ जेष्ठ २०७६, बिहीबार ००:२८
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस