माइला लामालाई पक्राउ गर्न गृहमन्त्री बादलको निर्देशन !

काठमाडौँ : गृहमन्त्री रामबहादुर थापा “बादल”ले नेत्र विक्रम चन्द “विप्लव” नेतृत्वको नेकपाका उपत्यका इञ्चार्ज माइला लामालाई पक्राउ गर्न निर्देशन दिएका छन् ।

बादलले गत जेठ १३ गते नेकपाले आव्हान गरेको नेपाल बन्द सफल बनाउने उदेश्यले राजधानीका विभिन्न स्थानमा राख्न तयार गरिएको विस्पोटक पदार्थ बनाउने कार्यको नेतृत्वको लामाले गरेको भन्दै पक्राउ गर्न ठाडो आदेश दिएका हुन् ।

काठमाडौं सीतापाइलामा बस्दै आएका लामाको नेतृत्वमा तयार गरिएको विस्पोटक पदार्थ बन्दको अघिल्लो दिन प्राविधिक कारणले विस्पोट भएको र त्यस क्रममा ४ जना नेकपा कार्यकर्ताले ज्यान गुमापछि गृहमन्त्री बादलले लामाको खोजि गर्न निर्देशन दिएको बताइएको छ ।

तत्कालीन माओवादीको जनसांस्कृतिक महासंघका अध्यक्ष लामा पार्टी विभाजनपछि वैद्य हुँदै विप्लव समूहमा आवद्ध भएका थिए । हाल लामाले विप्लव समूहमा राजधानीको जिम्मेवारी लिएको खुलासा भएसँगै प्रहरीले उनलाई निशाना बनाएको हो ।

राजधानीको दुई स्थानमा गत जेठ १२ गते भएको विस्पोटमा नेकपाका ४ जना कार्यकर्ताले ज्यान गुमाएका थिए भने १३ गते उपत्यकाका विभिन्न स्थानमा बम फेला परेको थियो ।

प्रकाशित मिति १९ जेष्ठ २०७६, आईतवार २३:१०
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस