ढिलो आयो तर कडा आयो गलबन्दी पछि लजालु अञ्जलीको अलि अलि काली अलि अलि गोरी (भिडियो)

काठमाडौ -गायिका इशा कार्कीको सुमधुर स्वरमा रहेको गीत अलि अलि काली अलि अलि गोरी सार्वजनिक भएको छ। इशा कार्कीको शव्द संगीत र संयोजनमा रहेको उक्त गीत MB Creation को युट्युव च्यानल मार्फत सार्वजनिक भएको छ ।

उक्त भिडियोमा अन्जली अधिकारी रबिन बिष्ट आदिले दमदार प्रस्तुत गरेका छन् ।अन्जली अधिकारी अभिनित लोक दोहोरी भिडियो गलबन्दि ले यति खेर बजार तताएको छ। प्रकाश सपुतको शब्द, सङीतमा बनेको यो गीतमा धेरैले अन्जली अधिकारिको अभिनयको तारिफ गरेका थिए।

यस गीतमा भने अन्जली अधिकारी फरक अनि बोल्ड रुपमा प्रस्तुत भएकी छिन। ज्ञानेन्द्र शर्माले छायाँकन गरेको म्युजिक भिडियोको निर्देशन मनोज बिष्टले गरेका छन् भने सन्तोष राजबाहकले कोरियोग्राफ गरेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन।

अञ्जली अधिकारीको चर्चा:

गायक प्रकाश सपुत र गायिका शान्ति श्री परियारको नयाँ दोहोरी गीत ‘गलवन्दी’ यतिबेला सामाजिक सञ्जालमा ‘हट टपिक’ बनेको छ । तर, गीतका गायक गायिकालाई ओझेलमा पार्ने गरी सर्वाधिक चर्चा भइरहेको छ, मोडल अञ्जली अधिकारीको । गीतको भिडियोमा अञ्जलीको ‘एक्सप्रेसन’ ले सबैलाई लठ्ठ बनाएको छ । उनी अति लजालु गाउँले युवतीको रुपमा देखिएकी छिन् ।

सामान्य शब्द र औसत स्तरको गीतलाई भिडियोले जुरुक्कै माथि उठाएको छ । ३ दिनमा २६ लाखभन्दा बढीले हेरिसकेको भिडियो एक महिनाभित्र एक करोड क्लवमा प्रवेश गर्नेमा शंका छैन । टिकटकमा पनि यो गीत अत्यधिक लोकप्रिय बनिरहेको छ।

यसअघि प्रकाश सपुतकै ‘बोलमाया’ बोलको गीतमा पनि अञ्जलीले मोडलिङ गरेकी थिइन् । सो मर्मस्पर्शी गीतमा पनि अञ्जलीको अभिनयलाई रुचाइएको थियो । पैसा कमाउन विदेश गएका श्रीमान लाश बनेर बाकसमा आउँदा गर्भवती श्रीमतीको बेदनालाई उनले जिवन्तरुपमा प्रस्तुत गरेकी थिइन् । सोही गीतको ‘पि्रक्वेल’ बताइएको गलबन्दीमा चाहिँ उनले विहे पूर्व रोदीमा दोहोरी गाएको देखाइएको छ ।

गायक प्रकाश सपुतले भिडियोमा अञ्जलीलाई साथ दिएका छन् ।यो गीतले बोलमायाको स्तरलाई छुन नसके पनि भिडियोले गर्दा भ्युज पाएको छ । भिडियोमा प्रकाश सपुतको चञ्चलता र अञ्जलीको लजालु अभिनयलाई दर्शकहरुले प्रशंसा गरेका छन् । उनको हुलिया हेर्दा यसअघि दोहोरी ब्याटल २ मा गाउने जंगी प्रकाश सपुत यिनै हुन् भनेर पत्याउनै गाह्रो हुन्छ ।

लगातार एकपछि अर्को हिट गीत दिइरहेका प्रकाशलाई यो दोहोरीले थप उचाईमा पुर्‍याउने पक्का छ । तर, सबैभन्दा बढि फाइदा भने अञ्जलीलाई नै भएको छ ।

को हुन् अञ्जली ?

सानैदेखि नृत्यमा सौखिन बर्दियाकी अञ्जलीले आफ्नो सपना पूरा गर्न एसएलसी पछि घरबाट भागेर काठमाडौं आएकी थिइन् । उनलाई गायक बद्री पंगेनलीले एउटा दोहोरी साँझमा नृत्यांगनाको रुपमा काम दिलाएका थिए ।

दोहोरी साँझमा नृत्य गरेर व्यवसायिक कलाकारिता सुरु गरेकी अञ्जलीले अहिलेसम्म २ सयभन्दा बढी म्युजिक भिडियोमा खेलिसकेकी छन् । गत वर्ष आएको प्रकाश सपुतकै ‘बोल माया’ गीतको भिडियोले उनलाई ख्याती दिलाएको हो । सुन्दरता र अभिनयको संगमले उनलाई सफलताको उचाइमा पुर्‍याइरहेको छ ।अहिले मेला-महोत्सवहरुमा उनको डिमान्ड बढेको छ भने चलचित्रमा पनि उनलाई अफर आउन थालेको छ ।

सन्तोष सेनले निर्माण गर्न लागेको चलचित्र प्रेमगीत-३ मा मुख्य नायिकाका लागि अञ्जलीले आवेदन दिएकी थिइन् । उनी २ हजार ७१४ जना प्रतियोगीबाट टप २५ मा छनोट भएकी छिन् । अब २५ जनाको अडिसनबाट नायिका छनोट गरिने छ ।

तर, निर्माता सेन परिचित अनुहारलाई फिल्ममा नलिने मुडमा रहेको बुझिएको छ ।भिडियोमा सोझी गाउँले युवतीको रुपमा रुचाइएकी अञ्जली वास्तविकतामा भने फरक छिन् । फेसबुकमा उनले राखेका तस्वीरहरुमा उनको ‘हट’ अवतार देख्न सकिन्छ ।

भिडियो 

प्रकाशित मिति २० जेष्ठ २०७६, सोमबार १०:०५
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस