नमज्जा सँग फसे रवि लामिछाने कारण यस्तो छ हेर्नुहोस।

काठमाडौ 

चर्चित संचारकर्मी रवि लामिछानेलाई इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरी सँगको कुराकानी दिनानुदिन मंहगो बन्दै गएको छ। केहि दिन अघि इटहरीका मेयर द्धारिकलाल चौधरीले इटहरीका एक पत्रकारलाई नाँकको डाँडी भाँच्न एक करोड छुट्याएको भन्ने विषयमा रविले आफ्नो कार्यक्रम सिधा कुरा जनता सँग मार्फत मेयर चौधरी सँग हुर्मत लिने तरिकाले निकै चर्को स्वरले प्रश्न गरेका थिए तर अन्त्यमा मेयर चौधरी सँगको कुराकानी रविलाई अहिले टाउको दुखाइ भएको छ ।

रविको विपक्ष र मेयर चौधरीको पक्षमा माहोल बन्दै गएको छ । यस अघि आफैँ नाकको डाँडी भाँच्न मन छ भन्दै टेलिभिजनको स्क्रृन बाट कराउँने रवि लामिछाने मेयर द्धारिकलालले भ्रष्ट विरुद्ध गर्जिए पछि उल्टै मेयर सँग हुर्मत लिने किसिमले रवि प्रस्तुत भए पछि अन्तत उनि नमजा सँग पछारिएका छन् ।

रवि सरले बोले पछि देउताको बोली जस्तो गर्ने उनका समर्थकहरु पनि अहिले मेयर चौधरीका पक्षमा बोल्दै गएका छन। रविले पनि आफ्नो आलोचना बढ्दै गएपछि आफ्नो बोली सच्याउँदै आफुले मेयर चौधरीको इमान्दारीता को कुनै आलोचना नगरेको तर शैलीको मात्रै आलोचना गरेको भन्दै भ्रष्टाचारको अन्त्य गर्न हरेक ठाउँमा द्धारिकलाल चौधरीहरु चाँहिने भन्दै रविले घुमाउँरो भाषामा माफी माग्दै मेयरको पक्षमा आफुलाई उभ्याएका छन ।

संचारकर्मी रवि लामिछानेले आफुले द्धारिकलालको कुनै विरोध नगरेको मात्र उनको शैलिसँग सहमत हुन नसकेको भनेर घुमाउँरो माफी माग्दै आफ्नो बचाउँ गर्न खोजे पनि आफ्नै बोलीले उनको कुरालाई काटीरहेका छन् । मेयर द्धारिकलाल चौधरी सँग कुराकानी गरेको युटुव भिडियो सेयर गर्दै आफ्नो फेसबुक स्टाटस लेख्ने क्रममा रविले मेयर चौधरी सँग कुराकानी गर्दा कुनै जनप्रतिनिधी सँग कुराकानी गरेको जस्तो महशुस नभइ कुनै एउटा खुंखार गुण्डा सँग कुराकानी गरेको जस्तो भएको लेखेका थिए ।

हेर्नुहोस् त्यसबेला रविले लेखेको फेसबुक स्टाटस जस्ताको त्यस्तै :

इटहरीका मेयरसँग कुरा गरेको होकि कुनै खुङ्खार गुण्डासँग कुरा गरेको हो छुट्याउन गार्‍हो भो। उनलाई न कानुनको मतलब छ,न प्रहरीको न प्रशासनको न त अदालतको नै। म ईमान्दार छु,बिरोधी र पत्रकारलाई कुटेरै तह लागाउछु भन्दैछन्।साथै आज ज्ञानेन्द्र शाहीका बिषयमा प्रहरी प्रबक्तासङ कुराकानी समेत गरिएको छ।

केहि समय अघि आफ्नो फेसबुकमा यस्तो लेखेका रविले २४ घण्टा पनि वित्न नपाउँदै आफ्नो बोली फेरेका छन् । चौतर्फी विरोध र मेयर चौधरीको पक्षमा माहोल उर्लिए पछि रविले आफ्नो बोली फेर्दै मेयर चौधरीको पक्षमा घुमाउँरो समर्थन गर्दै यस्तो लेखेका छन् ।

हेर्नुुस रविको पछिल्लो स्टाटस जस्ताको त्यस्तै :

मेयर द्वारिका चौधरीको इमान्दारीतामा कुनै प्रश्न गरेका छैनौ।यस्ता हक्की नेता चाहिन्छपनि।मात्र यति हो कि उनी संयमित भएर प्रस्तुत हुन सक्थे।सुन काण्डमा SSP ले पत्रकारलाई किक हानेको वेलामा मैले टुडिखेल, किक र नाक को डाडी वाला प्रसङ्ग उठाएको थिए।त्यो भिडियोको टुक्रा मात्र हेरेर थाहा हुदैन पुरै हेर्नू पर्ने हुन्छ। बर्षौ देश लुट्ने नकचराहरुलाई टुडिखेलमा राखेर उडेर एक एक किक हान्न मन त अझै पनि छ तर “मन छ” भन्नू र फलानो मान्छेलाई टुडिखेलमा राखेर किक हान्छु हान्छु भनेर तोकेरै भन्नू मा फरक छैन र? उहालाई इमानदार होइन भनेकै छैन तर निर्वाचित जन प्रतिनिधिले मान्छे तोकेरै सिद्याउछु भन्नू हुदैन्थ्यो। भ्रष्टाचारीलाई फासी दिनु पर्छ भनेर माग गर्न पाइयो तर फलानो नाम गरेको भ्रष्टाचारिलाई म आफ्नै पैसा खर्च गरेर फाँसी दिन्छु भनेर घोषणा गर्न पाइदैन कि? फेरिपनि भन्छु, भ्रष्टहरु तर्साउन द्वारिका चौधरीहरु चाहिन्छन।

यसरी आफ्नै कुराको आफ्नै कुरा काटेपछि हरेक विषयमा फलोअप गर्ने रवि लामिछानेले यस विषयमा भने पछिल्लो कार्यक्रममा कुनै फलोअप गरेनन् । पछिल्लो कार्यक्रममा यस विषयमा रवि चुइक्क बोलेका छैनन् । यसबाट पनि आफु फसेको रविले घुमाउँरो स्विकारोत्ती गरेको मनोविज्ञान बुझ्न सकिन्छ ।

यस विच इटहरीका मेयर द्धारिकलाल चौधरीले रवि लामिछाने सँगको विषयमा खास खुलासा गरेका छन् । एक युटुव च्यानललाई अन्तवार्ता दिँदै चौधरीले रवि लामिछाने आफुलाई सक्काउँन एक बर्ष देखिनै लागेको खुलासा गरेका छन् । सिएफएल चिम खरिदको विषयमा एक बर्ष अघि नै आफु थाइल्याण्डमा भएको बेलामा गलत सुचनाको आधारमा एक तर्फी कुरा सुनेर आफुलाई सकाउँने खेल खेलेको खुलासा गरेका छन् ।
रविमा ठुलो घमण्ड रहेको भन्दै मेयर चौधरीले यस्तै हुर्मत लिन काम रविले नसच्चाए उनको साख गिर्न कुनै समय नलाग्ने बताए ।

कुराकानीको क्रममा चौधरीले रवि लामिछाने पुर्वाग्रही भएर एकतर्फी कुरा सुनेर हुर्मत लिने गरी प्रस्तुत भए पछि आफुले पनि रविलाई इँटको जवाफ पथ्थरले दिएको बताए । रविको ठुलो स्वरलाई च्यालेन्ज गर्न आफु पनि ठुलो स्वरले बोलेको उनले बताए । पत्रकारको नाँकको डाँडी भाच्न बजेटनै छुट्याउँनु भएको भन्ने कुरा छ , नियम कानुन मान्दिन सबै बर्जुवा भन्नुहुन्छ के यो साँच्चै हो र ? भन्ने प्रश्नमा मेयर चौधरीले आफु विधिको शासन , प्रेस स्वतन्त्रता मानव अधिकार आवधिक निर्वाचन लगायतमा प्रतिवद्ध रहेको भन्दै उनले रविले अलि बढिनै पढाउँन थालेकोले आफुले पनि मार्सवाद लेनिनवाद पढाइदिएको टिप्पणी गरेका छन् ।

 

प्रकाशित मिति २५ जेष्ठ २०७६, शनिबार १७:११
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस