जातिय-आरक्षण बन्द गर! गरिबी पहिचान गरि आरक्षण खुल्ला गर – दिपक अभिप्रेमी सुवेदी

जातिय-आरक्षण बन्द गर!!
गरिबी पहिचान गरि आरक्षण खुल्ला गर

किन ?? जातिय आरक्षण को बारेमा कोहि क्षेत्री,बाहुन चुईक बोल्दैन।सब नेताका भरिया र दलालका गुलामी भएकै हुन।। कि नेपाल भन्ने देशमा सबै 100%क्षेत्री र बाहुन धनी र समपन्न मात्रै छ्न।कोहि पनि गरिबीको रेखामुनि छैन्न।अथवा क्षेत्री बाहुन जति सबै राजनीतिक पँहुचवाला र नेता,मन्त्री मात्रै छ्न।कि आज क्षेत्री बाहुन कोहि पनि खाडी र मरुभूमिको देश गएका छैनन्न?? यसको उत्तर खोज्नु पर्दैन ?? नेपाल मा जनजाति दलित जति सबै गरिब छ्न कि उनिहरु मात्रै न्यून आए भएका कि लोपोन्मुख जाती पर्दछ्न।

जनजाति भएकै कारण मन्त्रीको छोरीले जागिर पाउने उता गरिब साँझ बिहान हातमुख जोड्न नसक्ने मान्छे क्षेत्री बाहुन भएकै कारण जागिर नपाउने।उसले चै आरक्षण नपाउने।यदि सबै नेपाली समान हुन हो भने। जातिय आधारमा आरक्षण तुरुन्तै बन्द गर्नु पर्छ।गरिबी पहिचान गरेर आरक्षण प्रदान गरिनु पर्छ।।एउटा सरकारी कर्मचारी को छोराछोरी / आफ्ना नातेदार सबै सरकारी जागिर खान सक्छ्न।नेता र मन्त्रीको पनि यहि हालत छ।

अनि एउटा गरिब किसान आफ्नो छोराछोरी लाई डिग्री वा बि एड सम्म को पढाइ सक्दा पनि उ चै बेरोजगारी नै बनिनु पर्छ।आफ्नो र आफन्त यो हेर्ने प्रथा नेपाल सबै जाती, धर्म, भाषी, क्षेत्र, बर्ग सबैमा हावी छ।यो यस्तो बिकराल समस्या बाट कसरी नेपाल अगाडी बढ्न सक्छ।नेतालाई चुनाब जित्नु पाए भयो।कार्यकर्ता लाई ताली पिट्नु पाए भयो यसरी कहिले देश समृद्धि हुदैन।।त्यसैले जातिय आरक्षण बन्द गर गरिबी आरक्षण खुल्ला गर।।।

दिपक सुबेदि 

लोकसेवा परिक्षा रद्ध हुनुको कारण निम्नलिखित छ्न

१)पाटिका कार्यकर्ता भर्ती केन्द्र रोकिन्छ!

२)आफ्ना छोरी/ज्वाइँ/जेठान/सालो/सालि/मामा/माइजू/बुहिनी आदि इत्यादि लाई घुसाउन पाईदैन!

३)लोकसेवा परिक्षा पास गर्न धेरै मेहेनेत गर्नु पर्छ, त्यो खुबी नेताका कार्यकर्ता र आफ्नतहरु सबैमा नहुन सक्छ!

४) चुनाव जित्न पनि करार ब्यावस्थाले धेरै मद्दत गर्छ नेतालाई!

५)अहिले सबै आलु,पिँडालु,प्याज ,कुईएको, सग्लो, मोटो, छोटो सब लाई करार मार्फत भर्ती गर्ने पछि बिस्तारै सेटिङ्ग मिलार स्थायी गर्ने प्रक्रिया धेरै पहिले देखि चलेको हो।।

६)करार बाट नियुक्ति गर्दा अलिकती भएपनी स्थानीय तहका नेता, प्रदेश तहका नेता, केन्द्रिय तहका नेताको गोजि तातो हुन्छ पैसा आउँछ।

७)अन्तिम बिकल्प फाईदा भनेको नेता लाई हुनु पर्यो देशलाई होइन।अब यसरी जागिर खुवाउन पाएपछी धेरै कार्यकर्ता हुने कर्मचारी सबै आफ्नो तह र हातका हुने भ्रष्टाचार गर्दा पनि केही नहुने।देश पुरै बिहार तिर गाभ्न पनि सयोग मिल्ने।।।

८) त्यसैले करार जिन्दगीवाद भन्दै बस बिद्यार्थी मित्र हो।।।

प्रकाशित मिति २८ जेष्ठ २०७६, मंगलवार ०७:३७
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस