अव म वाँच्दिन होला, बच्चालाई राम्रोसँग पाल्नु है भन्दै सुत्केरीले प्राण त्यागिन्

बडिगाड गाउँपालिका वडा नं. ६, सुरकुडेकी २३ वर्षिय जिसु वुढाको अत्याधिक रक्तश्रावका कारण ज्यान गएको छ। घरमै सुत्केरी भएकि जिसुले जन्माएकी छोरीको पनी मृत्यू भएको छ । जेठ २० गते दिउसो ३ वजे घरमै सुत्केरी भएकी जिसुकी छोरीको २ घण्टा पछि मृत्यू भएको थियो ।

सोहि घटनाले विक्षिप्त भएकी जिसुलाई वल्ल स्वास्थ्यचौकी लैजाने तयारी गरिएको थियो । भौगोलिक रुपमा विकट रहेको सुरकुडेवाट बेलुका ८ वजे मात्रै स्थानियले विसुलाई खार वजारमा रहेको बडिगाड पोलिक्लिनीकमा पुर्याएका थिए । अत्याधिक रक्तश्राव भएका भन्दै पोलिक्लनीकले करिव एक घण्टाको उपचार पछि पाल्पा पठाएको थियो ।

२१ गते विहान ४ वजे पाल्पा पुर्याइएकि जिसुलाई ४ पोका रगत चढाइएको थियो । त्यसपछि सामान्य अवस्थामा फर्किएकी जिसु २१ गते साँझ तिर पुन विरामी परेपछि आइसीयुमा राखिएको थियो । रातको २ वजे उनलाई वचाउन नसकिएको भनेर डाक्टरले भनेको मृतककी सासु लालमाया वुढाले बताउनुभएको छ । १७ वर्षको उमेरमा विहे गरेकी जिसुले १९ वर्षमा पहिलो वच्चा जन्माएकि थिइन् । मातृशिसु मृत्यूदर अत्यन्त न्यून भैरहेको सन्दर्भमा आमा र वच्चाकै ज्यान जानेगरि भएको घटनालाई गम्भिररुपमा लिनुपर्ने देखिन्छ ।

के पहिले कुनै जाँच थिएन ?जिसुको गत भाद्र २८ गते महिनावारी रोकिएको र असारको ५ को वरपर सुत्केरि हुन सक्ने मितिको रेकर्ड स्वास्थ्य चौकी मा भेटिएको छ। बडिगाड गाउँपालिकाका स्वास्थ्य प्रमुख निरञ्जन यादवका अनुसार बडिगाड गाउँपालिका वडा नं. ५ को दाँगको क्लिनिकमा उनको गर्भजाँच भैरहेको थियो। यहि जेठ १२/१३ गते तिर उनलाई झाडापखला लाग्यो, मासि समेत परेको भन्दै स्थानिय स्वास्थ्य कर्मि श्री नारायण संगवाट औषधि लगेको र झाडापखला निको भएको उनका श्रीमान् रवि वुढाले जानकारी दिनुभएको छ ।

रविका अनुसार ४ पटक गर्भको जाँच पनि गरिएको थियो। २० गते विहान १० वजे तिरबाट जिसुलाई सुत्केरी व्याथा लागेको थियो। दोश्रो वच्चा भएकोले परिवारका सदस्यहरुले पनि स्वास्थ्यचौकी जाने वारे नसोचेको र दिउसो ३ वजे साधारण तरिकालेनै घरमै वच्चा जन्मिएको जिसुकी सासुआमा लालमाया वुढाले जानकारी दिनुभयो। वच्चा जन्मिएपछि निकै जिसु संगै परिवारका सवै सदस्य खुसि भए ।

तर वच्चाले अफ्ठेरो गरि सास फेरेको देख्दा उनिहरु चिन्तित भए, स्वास्थ्य चौकी लैजाने चर्चा पनि चल्यो तर नजिक स्वास्थ्यचौकी नभएको तत्कालै साधन वोलाउन पनि सम्भव नभएकोले उनिहरु त्यतिकै वसिरहे उता विसुको रगत वगिरहेको थियो त्यो सामान्यहोला भन्ने सोंचे परिवारका सदस्यहरुले

सुत्केरी भएको २ घण्टामै साथको वच्चाले साथ छोड्यो, त्यो घटनाले निकै विक्षिप्त भइन् विसु, उनको पेट निकै दुखिरहेको थियो त्यसै समयमा श्रीमान्लाई वोलाएर भनिन्, ‘अव म वाँच्दिन होला, बच्चालाई राम्रो सँग पाल्नु है ।’, अहिले पनि रविले झल्झली त्यहि वाक्य सम्झिरहेका छन्, उनको कानमा श्रीमतिले भनेको त्यहिकुरा नै अन्तिम वन्यो, त्यसपछि उनको कुरा कहिल्यै नसुन्ने भए ।

अव परिवारका सदस्यलाई पनि विसुलाई अस्पताल पुर्याउनु पर्छ भन्ने लाग्यो, छिमेकिको समेत सल्लाहमा पिकअप जिपमा राखेर विसुलाई खार वजारमा रहेको बडिगाड पोलिक्लिनिकमा पुर्याइयो त्यहाँ रगत सहित चेक जाँच भयो, रगत वगिरहेको थियो, वच्चा जन्मिएको ठूलो घाउ थियो। घाउमा टाँका लगाइयो, पहिले त टाँका लगाउन मानेकि थिइनन् विसुले तर आफुहरुले सम्झाएर टाँका लगाइदिएको अहेव दिपक छन्त्यालले वताउनुभयो ।

साँझ झण्डै ८ वजे पोलिक्लिनीकमा ल्याइएको त्यहाँ ल्याउँदा अक्सिजन कमि भएर सास फेर्न गाह्रो भएकोले अक्सिजन लगाएको, सलाइन चडाएको अहेव छन्त्यालले जानकारी दिनुभयो ।

प्रकाशित मिति २९ जेष्ठ २०७६, बुधबार १२:३३
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस