बुवा सारङ्गी बजाउने छोरी गाउने, गाइने बाबुछोरीको मार्मिक कथा – हेर्नुहोस भिडियो

काठमाडौ ;

युट्युबमा ६ वर्ष अगाडि कसैले राखेको एउटा भिडियोले हाम्रो आँखा र मन दुबै तानेको थियो। नेपालबाट गएका गन्धर्व बाउ छोरीले भारतको दार्जिलिङ पहाड कर्स्याङ भन्ने ठाउँमा एउटा घरको आँगनमा बसेर गीत गाइरहेका थिए। ६ वर्षपछि हामी तिनै बाबुछोरीकोलाई खोज्दै झापाको एउटा गाउँ पुग्यौँ।

झापाको सबैभन्दा दक्षिणी भेग केचना कवल ।
यहाँ भोजपुरका पहाडबाट बसाइँ झरेर आएका गन्धर्वहरूको गाउँ छ । गाउँको नाम चाहिँ सङ्गीत चोक। ४० घर गन्धर्व छन् ।

सङ्गीत चोक सङ्गीतमय छ । खेतीपातीको चटारोबीच पनि साथीभाइ भेटेर सारङ्गी रेट्न थालिहाल्छन्।
सङ्गीत चोकका गन्धर्वहरूको मुख्य पेशा नै गाउने बजाउने हो।

उनीहरु धरान, बिर्तामोड गइरहन्छन् । खेतीपाती भ्याएर छिमेकी देश भारतका सिक्किम दार्जिलिङ जानेहरूको लर्को पनि उत्तिकै हुन्छ । भारतमा कमाइ धेरै हुन्छ ।

भिडियो हेर्नुहोस् :

प्रकाशित मिति ३० जेष्ठ २०७६, बिहीबार ०७:०२
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस