समानुपातिकबाट  काठमाडौंमा कांग्रेस अगाडी,मतदाता घटेका छैनन् वामको गणितले जित्यो

२५ मंसिर | काठमाडौं

प्रतिनिधि सभाका लागि समानुपातिक तर्फ अहिलेसम्म ९ लाख ६९ हजार ८ सय १६ मत गणना हुँदा नेपाली कांग्रेसले सम्मानजनक मत प्राप्त गरेको छ । प्रत्यक्षमा  निकै बढी मतान्तरले पराजय भोगेको कांग्रेस समानुपातिक तर्फ काठमाडौंमा एमाले भन्दा अग्रस्थानमा रहेको छ ।

निर्वाचन आयोगले दिएको जानकारी अनुसार हालसम्म एमालेले ३ लाख ४२ लाख ९६७ मत ल्याएको छ भने नेपाली कांग्रेसले ३ लाख ३९ हजार ४३४ मत ल्याएको छ।

त्यस्तै १ लाख ६९ हजार २०७ मतका साथ माओवादी केन्द्र तेस्रो स्थानमा छ भने राष्ट्रिय जनता पार्टी नेपालले २४ हजार ९४२, विवेकशील साझा १७१७३, राप्रपा १४ हजार २१३, फोरम नेपाल १४ हजार २१३ नयाँ शक्ति पार्टी नेपाल १२ हजार ६१९, राप्रपा प्रजातान्त्रिक ७ हजार ४८० र राष्ट्रिय जनमोर्चा ५ हजार ७५८ मत ल्याएका छन्।

यो तथ्यांकलाइ हेर्दा एमाले र माओबादीको गणितीय  तालमेलको कारण देशभरका प्रत्यक्ष  तर्फका प्रतिनिधिहरु निर्वाचित हुन पुगे तर जुन रुपमा अहिले कांग्रेसलाइ जनताले विश्वाश गरेनन भनिएको छ त्यो अनुसार समानुपातिकको नतिजा देखिएको छैन । कांग्रेसका मतदातामा सामान्य गिरावट बाहेक अरु असर नपरेको अनुमान गर्न सकिन्छ ।

प्रकाशित मिति २५ मंसिर २०७४, सोमबार २०:३०
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस