समानुपातिक भोटमा गोरखामा कांग्रेस पहिलो, एमाले चौथोे

गोरखाको एउटा प्रदेशसभा सदस्य जितेको नेपाली कांग्रेस समानुपातिक तर्फको मतगणनामा भने पहिलो पार्टी बनेको छ। प्रत्यक्षतर्फ गोरखा २ प्रदेशसभा क्षेत्र (ख) मा कांग्रेसका नेता प्रकाशचन्द्र दवाडी माओवादी नेता अमर तमुलाई पराजित गर्दै विजयी बनेका थिए।

मंगलबार सकिएको समानुपातिकतर्फको मतगणनाबाट कांग्रेस पहिलो पार्टी बनेको छ। कुल एक लाख २३ हजार ७७६ मत खसेकोमा कांग्रेस ३५ हजार ४१९ मत ल्याएर पहिलो पार्टी बन्यो भने ३४ हजार ७७३ मत ल्याएर माओवादी केन्द्र दोस्रो पार्टी बनेको छ। यस्तै १८ हजार ४१३ मत ल्याएर नयाँ शक्ति पार्टी तेस्रो तथा १७ हजार ८१३ मतसहित एमाले चौथो पार्टी बन्यो।

प्रदेशतर्फ भने माओवादी केन्द्र ३२ हजार ९३३ मतका साथ पहिलो बन्यो। कांग्रेसले ३२ हजार ५९७ मत ल्याउँदा नयाँ शक्तिले १८ हजार ८०७ र एमालेले १७ हजार १२३ मत ल्याएका छन्।

क्षेत्र नम्बर १ मा खसेको ९८,९२२ मतमध्ये कांग्रेस १९ हजार ८० मतले अगाडि छ। माओवादीले १७ हजार १२५ मत ल्याउँदा एमालेले ११ हजार ७८० र नयाँ शक्तिले ६ हजार ५९९ मत ल्याएको जिल्ला निर्वाचन अधिकारी नारायण सापकोटाले बताए।

क्षेत्र नम्बर १ को प्रदेश (क) मा माओवादीको ९ हजार ७७५, कांग्रेसको आठ हजार ३२२, एमालेको चार हजार ६५४ र नयाँ शक्तिको चार हजार २७२ मत आयो। प्रदेश २ मा कांग्रेसको नौ हजार १४४, माओवादीको छ हजार ९८७, एमालेको छ हजार ७०४ र नयाँ शक्तिको दुई हजार ८१८ मत आएको छ।

क्षेत्र नम्बर २ मा प्रतिनिधिसभातर्फ माओवादीको १७ हजार ६०८, कांग्रेसको १६ हजार ३३९, नयाँ शक्तिको ११ हजार ८१४ र एमालेको छ हजार ३३ मत खसेको थियो। प्रदेश (क) मा माओवादीको सात हजार २४८, कांग्रेसको छ हजार २१६, नयाँ शक्तिको सात हजार ४३७ र एमालेको तीन हजार ४८१ मत आएको हो।

प्रदेश (ख) मा माओवादीको नौ हजार ३२३, कांग्रेसको आठ हजार ९१३, नयाँ शक्तिको चार हजार २८० र एमालेको दुई हजार २८४ मत आयो। प्रत्यक्षतर्फ चार वटा प्रदेशमा कांग्रेस, एमाले, माओवादी र नयाँ शक्तिले एक एक सिट जितेका थिए।

प्रतिनिधिसभातर्फ गोरखा २ मा नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई र गोरखा १ मा माओवादीका नेता हरिराज अधिकारी विजयी भएका थिए।
नेपालखबरबाट

प्रकाशित मिति २६ मंसिर २०७४, मंगलवार २०:५६
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस