दुबईमा बन्यो मार्मिक संदेशमुलक लघु फिल्म सारा नेपालीले हेर्नुपर्ने भिडियो

केशब कटुवाल, युएइ दुबई – नेपाली गीत संगीतलाइ परदेशी भुमि बाट आज भोलि अतिनै धेरै माया र साथ मिलेको छ भने गीतसंगीतमा आफ्नो भबिस्य खोज्ने नेपाली गीत संगीत प्रेमीहरु या दर्सक श्रोताहरु पनि तेतिकै छौ । विभिन्न परिस्थितिले बिदेशिन बाध्य भएका नेपाली कलाकारहरु परदेशमा बसेर नि भिनिन्न खाले नेपाली गीत संगीतलाइ प्रबद्र्दन र संरक्षण गर्न लागि परेको देखिछ भने कोहि ब्यबसाहिक पनि बन्नु भएको छ ।

युएइ मा लामो समय कार्यरत एउटा एस्तो नाम सबिन आले मगर जसले परदेशमा बसेर नेपाली गीत संगीतको साथ छोड्न सकेका छैनन् उनि आफै पनि एउटा गायक हुन् भने आज भोलि म्युजिक भिडियो निर्देशन तर लागे सगै समाजका यथार्त गघटना क्रमलाइ टिपेर लघु फिल्म बनाउन निकै ब्यस्त देखिन्छन।

केहि दिन अगाडी मात्र उहाको कथा तथा निर्देशनमा तयार भएको लघु फिल्म दुर्गेको लोकसेवा फेल सार्वजनिक गरेका छन् । यस फिल्ममा देशमा बेरोजगारको समस्या अनि बाध्यताले परदेशिनुको कथा सगै परदेशको बिकृतिहरु लाई समेटेर बनाइएको छ।

जसमा भिबिन्न म्युजिक भिडियो खेली सकेर आफु लाई स्थापित गरि सक्नु भएका मोडल दोय मुकेश राई
सालीनी नेपाल मुख्य भूमिकामा देखिएका छन् भने अरु कलाकारहरु गणेश बोहोरा,सिम्रान गुरुङ, हरि कार्की, रामहरी खड्का,पदम कुवर र बिकाश गिरीले नि निकै राम्रो अभिनय गर्नु भएको छ भने यस फिल्म को सम्पादन कार्य नेपालका चर्चित सम्पादक मिराज अर्यालले गर्नु भएको छ र यस फिल्मको छायांकन, निर्देशन सबिन आलेले गर्नु भएको छ र यसको दोस्रो भाग नि चाडै आउने हामी लाइ बताउनु भयो ।

भिडियो हेरौ।।

प्रकाशित मिति ११ असार २०७६, बुधबार २३:५७
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस