आहा !! भिडियोमा हेर्नुहोस् रत्नपार्कमा रातपरेपछि सुरु हुन्छ सर्मिलाको व्यापार

” सेयरिङ्ग ईज केयरिङ्ग “

सपनाको सहर काठमाडौंभित्र अनेक कथा छन् । ति कथाभित्र थरीथरीका पात्र भेटिन्छन् । सिन्धुलीबाट झण्डै डेढ दशकअघि काठमाडौं आएकी सर्मिला श्रेष्ठसँग आफ्नै कथा छ । जिन्दगीको लामो आरोह अवरोह पार गर्दै उनी यहाँसम्म आइपुगेकी हुन् । फरक फरक व्यापारको परीक्षणले धानेको जिन्दगी अहिले असनमा थन्किएको छ । सडकमै चिया, चुरोट, गुट्खा बेचेकी उनी पछिल्लो १६ वर्षदेखि भने रत्नपार्कको आकाशे पुल नजिकै राँगा भैंसीको भुटन बेच्छिन् । प्रति प्लेट ५० रुपैयाँ । उनका श्रीमान हिराकाजी श्रेष्ठ पनि यही पेसामा छन् ।

छोरीहरुको शिक्षादिक्षा, घरखर्च सबै यसैमा निर्भर छ । बिहान ६ बजेदेखि बेलुका ९ बजेसम्म दौडधुपमा हुन्छ यो दम्पत्ति । बिहानदेखि दिउँसोभर मासु ल्याएर पखाल्ने, तयार गर्ने, पकाउने जस्ता काम हुन्छन् । रत्नपार्कमा बेलुकी ७ बजेदेखि ९ बजेसम्म बेच्छन यो महानगरपालिकाले तय गरेको समय हो । त्यसअघि वा त्यसपछि पसल खोले नगर प्रहरीले उठाएर लैजान्छ ।घरमै पकाएर ल्याउने भएकाले रत्नपार्कमा भुसे चुलोमा तताएर ग्राहकलाई दिन्छिन् सर्मिलाले ग्राहकका लागि ८/१० वटा लहरै टुल राखेर बीचमा बसि चुल्हो बाल्छिन् सर्मिला

हिँडिरहेका पैदलयात्रुलाई त्यहाँ बसाउन ‘मार्केटिङ’ स्कील पनि चाहिन्छ । यसमा उनका श्रीमान हिराकाजी खप्पिस छन् । दैनिक १० देखि १५ किलो मासु खपत हुने गरेको सर्मिला बताउँछिन् । सस्तो भएकाले बटुवाहरु झुम्मिन्छन् रत्नपार्कको फूटपाथमा । सर्मिला जस्तै अन्यले बेच्ने तरिका पनि यही हो । धेरै कमाउन नसकेपनि आत्मनिर्भर बन्न यो व्यवसायले सघाएको उनी बताउँछिन् ।

तर, फूटपाथमा निषेध गर्नुअघि महानगरपालिकाले बिकल्प दिनुपर्नेमा हरिकाजीको जोड छ । सर्मिला र हरिकाजीको फूटपाथको भुटन पसल नियालेपछि भोलिपल्ट हामीउनीहरुको डेरामै पुगेर हामीले कुराकानी गरेका छौं ।

भिडियो कुराकानी 

 

प्रकाशित मिति १६ असार २०७६, सोमबार २३:०९
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस