बूढी, बिरालो र भैसी

धूप मे निकलो, घटाओ में नहाकर देखो,
जिन्दगी क्याहै किताबोंको हटाकर देखो।

विश्वविद्यालयमा पढ्ने क्रममा यी पङ्क्तिहरु कतै पढेको थिएँ । लेखक र स्रोत बिर्से तर पङ्क्तिले भन्न खोजेको जीवनदर्शन भने अद्यापि मननयोग्य ठानेर सम्झिरहेको छु । त्यसको सार थियो, पुस्तकमा व्यवहारिकता हुँदैन, त्यो त सिद्धान्त मात्र हो । जब त्यो सिद्धान्तबाट मुक्त हुँदैन र व्यवहारिकतामा आउँदैन तबसम्म मान्छेमा परिवर्तन हुँदैन । मान्छेको विकास पनि असम्भव हुन्छ । विश्वविद्यालयको पढाई छोडेको आज झण्डै सत्र वर्ष पुगिसकेको छ । काठमाडौदेखि सल्यानसम्मका विद्यालयदेखि विश्वविद्यालयका कक्षाहरुमा अध्यापन गर्दा–गर्दै धेरै कुरा सिकिएछ–पुस्तकका पानाबाट भन्दा निरक्षर वा नलेखिएका अनुहारहरुबाट । आज तिनै नछापिएका अक्षरहरु, नबोलिएका बोलीहरुबाट सिकिएका भावनात्मक, संवेगहरु सम्प्रेषण गर्ने जमर्को गर्दैछु ।

म आफू विद्यालय र विश्वविद्यालयको शिक्षक जो वर्षौ लगाएर दर्शनशास्त्रका पानाहरु घोकें र अर्को पुस्तालाई घोकाएँ पनि । तर एक दशकको पिरियडसम्म कुनै रुपान्तरण पाउन सकिनँ र फर्केर घरतिर हेरेँ, घरमा तीन प्राणी एकअर्कोको पर्याय भएर बाँचेका छन्–बूढी, बिरालो र भैँसी । ती तीनै प्राणीहरु आमा बनिसकेका निरक्ष अनुहारहरु हुन् । बूढी मेरो जीवन सङ्गीनी जो मेरो जीवनलाई विश्वविद्यालयका कक्षा कोठाहरुमा पुर्याउन सहयोगी भइन् र मेरो सहयात्री भएर मलाई सघाइरहिन् ।

अचेलको दुनिया बढि मिसावटपूर्ण छ । वस्तुमा मिसावट, विचारमा मिसावट, बुद्धिमा मिसावट र भावनामा मिसावट, केवल मिसावट नै मिसावट । आफू पनि असल काम केही नगर्ने र अरुले गरेका राम्रा कामहरुको सधै विरोध गर्ने खलनायक प्रवृत्तिको बाहुल्य छ वर्तमानमा ।

बिरालो मेरो घरको मुसाको सुरक्षाकर्मी । करिब पाँच वर्षसम्म मेरो घरमा मुसा आतङ्क यसरी मच्चियो कि दानादेखि खानासम्म, नानादेखि छानासम्म सबै बरबाद । मुसा धपाउनका लागि औषधिदेखि मुसरीसम्म सबै संयन्त्र प्रयोग गरियो तर कुनै उपाय चलेन । जब बिरालोको प्रवेश भयो मेरो घरमा तब मुसाको नाम निसान नै सखाप । भैंसी मेरो घरको गोरसदाता । पहिले–पहिले घरमा भैंसी भए पनि न घर सुहाउँदा, न तर सुहाउँदो । जब पछिल्लो भैंसी भित्र्याइयो तब घर सुहाउँदो पनि तर सुहाउँदो पनि । तीनै प्राणीको संयोग कस्तो भने ती प्राणीले सन्तान पाए पनि एक्लाएक्लै बस्न विवश स्थिति । बूढीका सन्तान भएर पनि पढाईका सिलसिलामा घर बाहिर छन् भने अमुक प्राणीका सन्तान बूढीकै योजनामा पृथक राखिएका छन् । तापनि तीन प्राणी भावनात्मक रुपमा एकाकार छन् ।

एकातिर ती प्राणीको सुन्दर संसार अर्कोतिर मेरो अस्तव्यस्त संसार । एकदिन आफ्नै अध्ययन कक्षमा बसेर हिसाब कोर्दै थिएँ । बूढीले मेरो हिसाबतिर हेरेर भनिन्–लखपति हुँदा जति सुन्ना हुन्छ करोडपति भएपछि अरु थप सुन्ना बढ्ने रहेछ । अरब र खरबपति भएपछि अझै सुन्ना बढ्छ होला नि ? बूढीको प्रश्नले म अनुत्तरित भएँ । हो, बूढी थोरै सुन्नामा आनन्दित हुन सक्ने तर म भने सुन्ना थप्ने मोहमा आफूलाई शुन्य पारिसकेको विद्वत मान्छे । यो सुन्नाको नशाले म र मजस्तालाई कहाँसम्म लैजाने हो एकीन भन्न सकिन्न । असन्तुष्ट, थाकेका, उद्देश्यहीन, मान्छेहरुको भीडमा कहिल्यै धर्मको नशा, कहिल्यै महत्वाकाङ्क्षाको नशा । कहिल्यै भट्टिको नशा, कहिल्यै मट्टिको नशा, कहिल्यै कलहको नशा, कहिल्यै राजनीतिक दाउपेचले भरिएको मनस्थितिको नशा र कहिल्यै अहंकारको नशाले थल्लिएको छ मान्छे ।

वर्तमानले के देखायो भने निरक्षरहरुभन्दा साक्षरहरुमा नशाको मात्रा बढि हुँदो रहेछ । मानिस मात्र यस्तो प्राणी देखियो जो सतत् नशाको तललासमा रहन्छ । किनकि उसँग मन छ र मनको स्वभाव नै बेचैनी छ । जतिजति अशान्त, चञ्चल मन हुन्छ त्यति उसले नशाको विरोध गर्नु पनि अर्को प्रकारको नशा हो । लागूपदार्थ नखाएर, रक्सी नपिएर अरुभन्दा धेरै सदाचारी छौं भन्ने भावना पनि एक खतरनाक नशा रहेछ । पद र शक्ति अर्को प्रकारको नशा हो भने फेसबुक लगायतको सञ्जालमा ताइँन तुँइका स्टाटस लेखेर आफूलाई बुद्धिजीवी भनेर हिँड्नु झन् खतरनाक नशा हो ।

यिनै खतरनाक नशाहरुका बीचमा निश्चल चित्त कामनाशून्य निस्पृह र उदात्त मान्छेहरु खोज्दै छु म । यो मृगतृष्णा हन सक्छ मेरो निम्ति । हृदयहीन मान्छेहरुको भीडमा, निस्प्रयोजन बाँच्नेहरुको भीडमा जीवनको परिज्ञाता भने म होइन । जीवनको दार्शनिक परिभाषाहरुबाट अनभिज्ञ छु । तापनि सोच्न बाध्य छु, किन मान्छेको मनमा माया उम्लिदैन अचेल ? किन मान्छे खुल्ला किताब हुन सक्दैन ? एउटा मान्छेको दुःखमा अर्को मान्छे किन द्रविभूत हुन सक्दैन ? किन मान्छे संवेगशून्य बन्दैछ अचेल ?

मेरा घरका प्राणीको जीवनचक्र हेर्छु र मैले पढेको म्याक्सिम गोर्की, माइकल फाराडे, लिङ्कन, जेम्सवाट, चाल्र्स डिकेन्स, शेक्सपियर नियाल्छु । अचम्म लाग्छ, तिनीहरुको पृष्ठभूमि र आज उनले प्राप्त गरेको गरिमामय स्थान । त्यो निरक्षर पारिवारिक संसारबाट यस्तो सुन्दर संसारको परिकल्पना कसरी सम्भव भयो ? कहिलेकाहीँ निरक्षरहरु धेरै विद्वानहरुभन्दा बढी विवेकशील हुन्छन्, सम्प्रेषणशील हुन्छन् र निस्कपट पनि हुन्छन् । अकृत्रिम सङ्केत र भावहरु शब्दहरुभन्दा बढी शक्तिशाली र ओजपूर्ण हुन्छन् । धेरै वर्षसम्म साक्षरहरुको सम्पर्क र निरक्षरहरुको बसउठबाट निष्कर्ष निकालेको छु । निरक्षरहरुका शाब्दिक अभिव्यक्तिमा बढि स्वाभाविकता र कम कपट हुन्छ ।

अचेलको दुनिया बढि मिसावटपूर्ण छ । वस्तुमा मिसावट, विचारमा मिसावट, बुद्धिमा मिसावट र भावनामा मिसावट, केवल मिसावट नै मिसावट । आफू पनि असल काम केही नगर्ने र अरुले गरेका राम्रा कामहरुको सधै विरोध गर्ने खलनायक प्रवृत्तिको बाहुल्य छ वर्तमानमा । यतिखेर प्रायः हरेक आँखामा सङ्कीर्णताका नानीहरु टल्बलाएको देखिन्छ र उनीहरुले देख्ने संसार आँखाको आकार भन्दा बढी हुन सकेको देखिँदैन । जब विचारबाट साँघुरिन्छ तब मान्छेको दृष्टिकोण पनि खुम्चिएर मानसिकरुपमा डल्लो पर्छ । त्यस्तो बेला उसले विकृतिबाट मुक्ति पाउने प्रयास गर्यो भने मात्र महानताको बाटो फेला पार्न सक्छ । अन्यथा पश्चातापको ज्वालाभित्र दन्दनी बल्नु बाहेक विकल्प नै के रहन्छ र ?

वर्तमानले के देखायो भने निरक्षरहरुभन्दा साक्षरहरुमा नशाको मात्रा बढि हुँदो रहेछ । मानिस मात्र यस्तो प्राणी देखियो जो सतत् नशाको तललासमा रहन्छ । किनकि उसँग मन छ र मनको स्वभाव नै बेचैनी छ । जतिजति अशान्त, चञ्चल मन हुन्छ त्यति उसले नशाको विरोध गर्नु पनि अर्को प्रकारको नशा हो ।

आजभोलि पुस्तकका पानाहरु पल्टाउँछु र अक्षरको संसारमा हराउँछु । कहिले कक्षा कोठाभित्र सुकोमल निरीह अनुहार पढ्छु र वास्तविक संसारको भ्रमपूर्ण जिन्दगी नियाल्छु । त्यतिखेर म आफैलाई सोध्छु कि कतै म पनि यो समयको दुर्दशापूर्ण अवस्थाका लागि अंशियार त छैन् ? अहिलेको शिक्षासँग सम्बद्ध व्यक्तिवाद, श्रीमानश्रीमती बीचको हिसावकिताबवाद, आधुनिकतावाद, शीघ्र पारपाचुकीवाद, हल्लावाद आदि वादैवादको दुनियाँबाट मुक्ति कहिले ? भावना र संवेगको दुनिया खै ? कहिले इतिहासका पाना पल्टाएर हेर्छु । इतिहास भन्छ त्यही व्यक्ति जीवन जिउन जान्दछ जो खतरासित बाँच्छ र आफ्नै संसार निर्माण गर्न सक्छ । लाग्छ, अरुको संसारमा दास भएर बाँच्नुभन्दा आफ्नै संसारको मालिक बडो आनन्ददायी हुँदो रहेछ ।

वर्तमानमा यान्त्रिकता र जडताको आँकलन गर्दा आफ्नोपनमा वर्ग नहुनेहरु, स्वाभिमान बोध नहुनेहरु, आफ्नो दुःख भन्दा अरुको सुखमा दुःखित हुनेहरु अङ्गअङ्गमा अरुले चिमोट्दा पीडा नहुने संवेदनाहीनहरु ज्यूँदा लास हुन् । उनीहरु प्रकृतिका प्रुफमिस्टेक हुन् जो गल्तिले मान्छेको रुपमा मुद्रित हुन पुगे । बाहिरी संसारको लडाइँ जित्नुभन्दा आफ्नै आन्तरिक संसारको विजय कहिले ? जबसम्म आफूभित्र विजयको उत्सव मनाइन्न तबसम्म बाहिरी संसार विजयको कल्पना निरर्थक र निष्प्रोजन सिवाय केही होइन ।

मेरो घरको संवेग विश्वविद्यालयभन्दा पर जड विश्वविद्यालयभित्र छिरेर अध्ययन गरें होमर, कालिदास, शेक्सपियर, व्यानगफ, मोजार्ट, प्लेटो, अरस्तु, प्रवृतिहरुले जीवनका आशक्ति र विरक्तिहरुलाई अत्यन्त सुक्ष्म र मार्मिक तरिकाले आफ्ना कृतिहरुमा कतै व्यञ्जित गरे, कतै इङ्गित गरे । आखिर जहाँ र जताको संसार नियाले पनि, निचोरे पनि मानव संवेग र संवेदनाभन्दा बाहिर कोही पनि रहन सक्दो रहेनछ । जीवनपथमा मानव पीडाले मलाई जति छोयो त्यत्ति फूलहरुमा रमाइरहेको सुन्दरताले छुन सकेन ।

जीवनका विविध यादहरुको श्रृङ्खलामा जीवन्त प्रतिबद्धताले मलाई वर्तमानबाट भाग्न कदापी थिएन । भनूँ भने पीडा, आँसु र याद नै जीवन ठानेर अगाडि बढिरहेँ । हृदय फाँटेपछि आफन्तहरुले पनि मुन्टो फर्काउँदा मान्छे एक्लो पर्दोरहेछ । यतिबेला जीवनलाई सजीवता दिने एउटै सन्जीवनी हुन्छ, सही विचार र आत्मबल । जब मान्छेभित्र आत्मबल गिर्छ, विचार शून्य हुन्छ तब भौतिक शरीरको कुनै अर्थ हुँदैन । हो, त्यही सही विचार र सही कार्यदिशाले मलाई आफ्नो लक्ष्यमा पुग्नका लागि उत्प्रेरित गरिरहेको छ र आफ्नो यात्रामा यात्रारत छु । वास्तवमा हामी समस्यालाई समस्याको रुपमा मात्रै लिन्छौं र जिन्दगीदेखि आत्तिन्छौं, हरेशा खान्छौं र एउटा सम्भावनादेखि टाढा भाग्छौं ।

जव समस्यालाई तपस्याको रुपमा लिइन्छ अनि पो नयाँ संसारको उदय हुन्छ । नयाँ जीवनको प्रादुभवि हुन्छ । कुरैकुरामा एकदिन बूढीको कटाक्ष थियो – “तपाई त धेरै पढेको मान्छे । मान्छेलाई मान्छे बनाउने अभियानमा वर्षौ दौडिरहेको बौद्धिक धावक वा बुद्धवृक्ष । तपाईको बौद्धिक रसपान गरेर कति बने नववुद्धहरु ? अनि कतिले शीलता पाए बौद्धिक वृक्षको ओत लागेर, आँकलन गर्नुभएको छ ? उनको कटाक्ष मिश्रित प्रश्न सुन्दै गर्दा कवि सन्त कवीरलाई सम्झेँ –

 

प्रकाशित मिति १७ असार २०७६, मंगलवार १५:२७
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस