बिनोद रानाभाट बचाउन स्मृतिले उठाईन यत्रो रकम / भिडियो

नयाँ नयाँ न्युज नेपाल बाट बिनोद रानाभाटको बिषयमा दुखद भिडियो हेरिसकेपछि भरतपुर अरोमा कलेजमा १२ कक्षामा पढ्ने १८ बर्षकी Smriti Dhakal त्यो रात निदाउन सकिनन् । आफ्नै दाईको उमेरका बिनोद ३० महिनादेखि कतारको जेलमा कष्टकर जीवन बिताईरहेको र उनलाई नेपाल ल्याउन ८२ लाख व्लड मनी तिर्नु पर्ने थाहा पाएपछि स्मृतिको मन आत्तियो ।

यो अभियानमा मैले कसरी सहयोग गर्न सक्छु भनेर अनेक प्रश्नहरु मनमा खेलाउँदा स्मृतिले आफु र आफ्नो साथीहरुलाई सम्झिईन् । कलेजमा सबै साथीहरुलाई घटना बिवरण सुनाउँदै सबैबाट ५ रुपैंया, १० रुपैंया, १०० रुपैंया गर्दै खाजा खाने पैसा जम्मा गरिन् र आफ्नो कलेजमा हामीलाई बोलाईन् । स्मृतिको यो प्रयाश र साथीहरुको साथले २० हजार ८ सय ८० रुपैंया जम्मा भएछ ।

कलेजमा शिक्षकहरुले हामीलाई उक्त रकम हस्ताण्तरण गर्नुभयो । छुट्नै लाग्दा स्मृतिले भनेको एक वाक्यले मनमै छोयो शिशिर सर, म पनि हजुर जस्तै बन्न चाहन्छु

तिमीलाई मेरो सलुट स्मृति बहिनी
अब तपाईको पालो (सके आर्थिक सहयोग, नसके शेयर गरौ सहयोगका लागि कृषि बिकास बैंक
खाता नं – ०५०८८०१३३७०९४०१३
खाताको नाम- बिनोद रानाभाट रिहाई तथा उद्धार समिति

नारायणगढ शाखा
ढाका मोहन रानाभाट ९८११८३८००८ (बिनोदको बुवा) शिशिर भण्डारी -९८११००६९२९
बिनोद रानाभाट घटनाको भित्री रहस्य पर्दाफास ! भारतियले रक्सी खुवाएर यस्तो गर्न खोज्दा ज्यान गयो

झापा बिर्तामोडबाट काठमाडौंमा मुटु रोगको उपचार गर्न आउनु भएका मेदनी प्रसाद सिलवाललाई कतारको जेलमा ३० महिना भन्दा बढि समयदेखि कैद भएका बिनोद रानाभाटको पिडा आफ्नो भन्दा ठुलो लाग्यो । मैले पनि थोरै सहयोग गर्न पाए बिनोदको आमा बुवाको मन मुटुले छोराको माया नेपालमै महसुस गर्न पाउँने थियो भन्ने सोचेर हामीलाई पेप्सीकेलामा उहाँहरु बसेकै घरमा बोलाउनु भयो र श्रीमती उमादेवी सिलवाल र सम्दी/सम्दिनी लोचन भट्टराई,दुर्गादेवी भट्टराईबाट पनि सहयोग उठाउँदै १२ हजार रुपैंया सहयोग गर्नुभयो । तपाईहरु प्रति ठुलो सम्मान ।

अब तपाईको पालो (सके आर्थिक सहयोग, नसके शेयर गरौं)
सहयोगका लागि कृषि बिकास बैंक
खाता नं – ०५०८८०१३३७०९४०१३
खाताको नाम- बिनोद रानाभाट रिहाई तथा उद्धार समिति
नारायणगढ शाखा
ढाका मोहन रानाभाट ९८११८३८००८ (बिनोदको बुवा)
शिशिर भण्डारी -९८११००६९२९
बिनोद रानाभाट घटनाको भित्री रहस्य पर्दाफास ! भारतियले रक्सी खुवाएर यस्तो गर्न खोज्दा ज्यान गयो, भिडियो हेर्नुस

भिडियो हेर्नुस-

 

प्रकाशित मिति १९ असार २०७६, बिहीबार ००:४६
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस