भक्तपुरको काण्ड सेलाउन नपाउदै छोराले गरे आफ्नै आमाको निर्मम ह*त्या

वीरगञ्ज दिनानु दिन आएको दुखद खबरले हाम्रो नेपाली समाज कता तिर जादै छ भन्ने प्रश्न उब्जिन्छ । गत साता भक्तपुरमा आफ्नै छोरीको योजनामा आमाको ह*त्या भएको घटना सेलाउन नपाउदै विरगंजबाट पनि अर्को दुखद खबर आएको छ । वीरगञ्ज महानगरपालिका २४ रामगढवा नयाँवस्तीका २० बर्षीय गुड्डु यादवले धा*रिलो हतियार प्रहार गरि आफ्नै आमाको ज्या*न लिएका छन ।

धा*रिलो हतियार प्रहार गर्दा आमा ४० बर्षीया शोभादेवी यादवको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । सामान्य घरायसी विवाद कै कारण गुड्डुले आफ्नो जन्म दिने आमाको ज्या*न लिएको खुल्नमा आएको छ । भैंसी हराएको विषयमा विवाद हुँदा आमाले नै भैंसी बिक्री गरेको खुलेपछी आक्रोशित भएका गुड्डुले आमालाई खेदी खेदी धा*रिलो ह*तियार प्रहार गरेका थिए ।

छोराले आमालाई यति निर्ममता पुर्वक मा*रेकी धा*रिलो हतियारले हान्दै करिब ४ सय मिटर पर सम्म लखेटे त्यसपछि उनको घटनास्थल मै मृत्यु भयो । स्थानीयले प्रहरीलाई खबर गरेपछि गुड्डुलाई प्रहरीले प*क्राउ गरेको छ । आमा शोभाको श*व भने पोष्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति २४ असार २०७६, मंगलवार २१:१९
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस