६ बर्षका बालक, ट्रान्सर्फमर पड्किएर लाग्दा एक हात गुम्यो, शारिरको अबस्था यस्तो / हेर्नुहोस भिडियो

६ बर्षका बालक, ट्रान्सर्फमर पड्किएर लाग्दा एक हात गुम्यो, शारिरको अबस्था यस्तो 

नेपालमा पछिल्लो समय विद्युतको कारणले धेरै ब्यक्तीले अकालमा ज्यान गुमाउनु परेको छ । कतिपय अकालमा बाच्न सफल भएका छन तर उनिहरुको शख्त घाईते हुन पुगेका छन । यस्तै ६ बर्षका धन बहादुर गुरुङ जसको शरीर पुरै क्षतबिक्षत रहेको छ । गत बैशाख १७ गते घर नजिकैको ट्रान्सर्फमर पड्किएर यी साना बालकको यस्तो अबस्था भएको हो । उनको एउटा हात काटिएको छ ।

शरीर भरी चोटै चोट छ । आर्थिक अवस्था कमजोर भएकै कारण यो सानू बाबुको उपचार राम्रोसँग हुन पाएको रहेनछ । अहिले सम्म विद्युत प्राधिकरणले कुनै सहयोग नगरेको र सहयोग गर्ने नगर्ने बारे थाहा नभएको यो परिवारलाई अफगानिस्तानबाट १ लाख २० हजार प्राप्त भएको रहेछ । जुन भाग्य न्यौपानेले यसै भिडियोमा हस्तान्तरण गरेका छन ।

तनहु घर भएका यो परिवार २०७२ सालको भुकम्प आएपछी स्याङ्जा गएर बसेका थिए । यो घटना स्याङ्जामा नै घटेको थियो ।  बाटैमा ट्रान्सर्फमर पड्किएर उनको यस्तो अबस्था भयो । यो घटना भर्खरै बैशाखमा घटेको थियो तर उनको हात काटेको भने करिब १ महिना जति भएछ ।

अहिले यो परिवार काठमाडौमा रहेका छन । यी बालक ५ वटा छोराछोरी मध्ये कान्छा छोरा हुन । उनको यो अबस्था देखेर बिदेशमा रहेका नेपालीहरुले सहयोग पठाएका रहेछन । जसलाई भाग्य न्यौपानेले बालकको परिवारलाई बुझाउदै बालकको पहिलो पटक यो भिडियो बनाए ।

भाग्य न्यौपाने तात्तातो खबरका सन्चालक हुन । उनले यश च्यानल मार्फत विभिन्न कार्य गर्दै आएका छन । उनको आफ्नै नामको अर्को युट्युव च्यानल पनि छ । विभिन्न प्रतिभालाई प्रस्तुत गर्ने, विभिन्न ब्यक्तिहरुलाई सहयोग गर्ने भाग्य सबैको दुखी ब्यक्तिहरुको भाग्य बन्न सफल भएका छन । उनले आफ्नो च्यानल मार्फत आएको रकमबाट संबंधित ब्यक्तिलाई केही सहयोग गर्ने गरेका छन । अशोक दर्जीलाई लोकपि्रय गाएक बनाउन उनको नै देन छ ।

किनभने उनले नै पहिलो पटक अशोकको भिडियो सार्बजनिक गरेका थिए । यस्तै तुईन बाजे जो तुईन तान्दा तान्दै हात हातका औला समेत काम नगर्ने अबस्थामा पुग्न लागेका बृद्द ब्यक्तिलाई सहयोग घर बनाउन आर्थिक सहयोग जुटाए । यी त एक उदाहरण मात्र हुन ।

यदि सहयोग गर्न चाहनुहुन्छ भने सहयोगको लागि +9779824977523 Viber मा massage गर्नुहोला साथै गोबिन्द भण्डारी जो तात्तातो खबरका क्यामेरामेन मोबाईल नम्बरमा 9845377059 सम्पर्क गर्नुहोला ।

भिडियो

प्रकाशित मिति २५ असार २०७६, बुधबार ०९:००
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस