ओखलढुङ्गामा भयानक दुर्घटना, ३ जानाको मृ*त्यु १५ घाई*ते

ओखलढुङ्गामा बस दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ। १५ जना घाइते भएका छन। काँकडभिट्टाबाट सोलुखुम्बुका लागि छुटेको मे १ ख १८९१ नम्बरको बस सिद्धिचरण राजमार्ग अन्तरर्गत ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–६ मा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।

दुर्घटनामा बसका चालक झापा घर भएका कृष्णबहादुर बस्नेत, सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका–५ की माया थापा र सिन्धुलीको कमलामाई नगरपालिकाका लालबहादुर धामीको ज्यान गएको प्रहरीले जनाएको छ ।

घाइतेमध्ये चार जनालाई काठमाण्डौ लगिएको र बाँकीको उदयपुरको घुर्मीमा रहेको स्वास्थ्य संस्थामा उपचार भैरहेको पनि प्रहरीले जनाएको छ । दुर्घटना बुधबार बिहान ३ बजेतिर भएको हो । चिप्लो बाटो भएर दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको भए पनि दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।

प्रकाशित मिति २५ असार २०७६, बुधबार ०९:०९
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस