छविलाई शिल्पाकाे काखमा मर्ने रहर !

काठमाडौं- नायिका शिल्पा पोखरेलले श्रीमान् छवी ओझाविरूद्ध प्रहरीमा दिएको उजुरी छलफलबाट टुंगिएको छ । काठमाडौं प्रहरी परिसर, टेकुमा भएको दुवै पक्षको छलफलपछि पोखरेल र ओझाबीच सहमति पत्रमा हस्ताक्षर भएको हो । यसअघि पाखरेलले श्रीमानबाट असुरक्षित भएको भन्दै शान्ति सुरक्षा माग गरेर उजुरी दिएकी थिइन् ।

परिसरका डीएसपी होविन्द्र बोगटीका अनुसार पोखरेलको सुरक्षामा आँच नपुग्याउने गरी ओझाले लिखित सम्झौता गरेका छन् । सम्झौता भए पनि शिल्पा भने छविको घर फर्केकी छैन । आफुले शिल्पालाई घर फर्काएर मिलेर बस्न अझै कोशिस गरि रहेको बताउदै भने – ‘शिल्पा मेरो अन्तिम श्रीमती हो उसैको काखमा म मर्न चाहन्छु ।’

उनले अहिले पनि शिल्पाका लागि आफ्नो दिल र घर दुबैको ढोका खुल्ला भएको बताए । उनले शिल्पाको खुशीको लागि जस्तो सुकै त्याग गर्न पनि आफू तयार रहेको सन्देश समेत पठाए । आफू नै मारमा हुँदा पनि मिडियाबाजी नगरेकाले शिल्पाले आफूमाथि एकहोरो दोष थुपारेोमा भने उनले निकै दुःख व्यक्त गरे ।

प्रकाशित मिति ३१ असार २०७६, मंगलवार २१:५३
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस