युवा नेता विश्वप्रकाशलाइ हराउन सिटौला संलग्न भएको पुष्टि

काठमाडौं पुस २,
कांग्रेसभित्र प्रभावशाली छवि र स्थान बनाएका नेता कृष्णप्रसाद सिटौला आफै त हारे नै, गृहजिल्लाका अन्य उम्मेदवारको हारको अपजस पनि उनकै थाप्लोमा परेको छ ।

झापा क्षेत्रनम्बर ३ मा उम्मेदवार बनेका सिटौला राप्रपाका राजेन्द्र लिङदेनसँग पराजित भएका थिए । क्षेत्रनम्बर १ बाट युवा नेता विश्वप्रकाश शर्मा पराजित हुनुमा सिटौलाकै भूमिका रहेको आरोप पनि लागेको छ । शर्मा माओवादी केन्द्रका राम कार्कीसँग पराजित भएका थिए ।

युवा नेता विश्वप्रकाश शर्माको पराजयमा सिटौलाकै भूमिका मुख्य रहेको भन्दै कार्यकर्ता पंक्ति आक्रोश व्यक्त गरिरहेको छ । त्यसैले अन्य उम्मेदवार पार्टीको हारपछि निराश भएका कार्यकर्तालाई भेट्दै हिँडिरहँदा सिटौला भने काठमाडौं गइसकेका छन् । तर, जिल्लाका नेताकार्यकर्ता भने उनीविरुद्ध सार्वजनिक रुपमै आक्रोश पोख्दै हिँडिरहेका छन् । यो समाचार आजको नागरिक दैनिकले लेखेको छ।

प्रकाशित मिति २ पुष २०७४, आईतवार १०:१२
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस