‘घाटी भन्दा तल’ आलोचनात्मक रुपमा भाइरल भिडियो हेरौ।।

‘घाटी भन्दा तल’ बोलको गीत आलोचनात्मक रुपमा भाइरल (भिडियो सहित)

आर्जन पाण्डेको गीत भाइरल भन्दा पनि आलोचनामा फसेको छ। निर्माता दिपकराज गिरी लेख्छन गित लेखेपछि पूरै लेख्या भए हुने आज घाँटी भन्दा मुनी मात्रै आयो। भोली नाइटो भन्दा मुनी मात्रै आउला । त्यसपछि कम्मर । हैट दिपकराजको यो स्टाटसले गीतलाई ब्यङ्ग्य गरेको छ ।

यस्तै, कलाकार निर्मल शर्मा लेख्छन यस्तै बजारमा नयाँ गीत आएको रहेछ, गीतमा पुरुषले महिलालाई भन्छ घाँटी भन्दा तल त राम्री नै छे । भगवानसँग कामना गर्छु यो गीत मेरा छोराहरुले सुनेर नगाइदिउन र श्रीमती,ममी, दिदी, बहिनीको अगाडि मैले लाजले मुख छोप्न नपरोस् । निर्मल र दीपकले मात्र होइन अरु थुप्रै कलाकारले पनि यो गीतको चर्को विरोध गरेका छन् ।

आर्जन पाण्डेको स्वरमा समावेश र नायिका रीमा विश्वकर्माले मोडलिङ गरेको ‘घाटी भन्दा तल’ बोलको गीत रिलिज भएको केही दिनमा आलोचनात्मक रुपमा भाइरल भैरहेको छ । हुनत, हिजोआज राम्रा गीत निकाल्न भन्दा पनि भाइरल हुने गीत निकालेर केही समय रमाउनका लागि गायक–गायिका उद्देलित छन् । मोडलहरुको पनि तरिका त्यस्तै हो । भाइरल हुने गीतमा मोडलिङ गरेर भ्यूजका आधारमा आफ्नो लोकप्रियता मापन गरिरहेका छन् ।

भिडियो

प्रकाशित मिति १९ श्रावण २०७६, आईतवार १३:१४
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस