काठमाडौँ आउँदै गरेको बस त्रिशूलीमा खस्यो, तीनको मृ*त्यु, १२ घा इते

काठमाडौँ आउँदै गरेको बस त्रिशूलीमा खस्यो, तीनको मृ*त्यु, १२ घा इते

सर्लाहीको मलङ्गवाबाट काठमाडौँ आउँदै गरेको ना छ ७४६९ नंको यात्रुवाहक बस आज बिहान ३ बजे त्रिशूली नदीमा खस्दा तीन जनाको मृ*त्यु भएको भएको छ। दुर्घटनामा २५ जना हराइरहेको र १२ जना ग*म्भीर घा इते भए का छन् ।

घाइतेहरूको राजमार्ग सामुदायिक अस्पताल मलेखु र गजुरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजकुमार बैदवारले बताए । उद्धारमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र रेडक्रस कर्मीहरू लागिरहेका छन् । मृतक तीन जना र हराइरहेकाको पहिचान खुल्न सकेको छैन ।

नेपाली सेना, शसस्त्र प्रहरीको टोली उद्धारमा खटिएका छन्। अफ्ठ्यारो ठाउँ र अध्याँरो भएका कारण उद्धारमा कठिनाई भएको प्रहरीले जानकारी दिए। बसको आधा भाग पानीमा डुबेको छ । अहिले घटना स्थलमा प्रहरी, उद्धार टोली सहितको प्रहरी र स्थानीयले उद्धार गरिरहेका छन् ।

प्रकाशित मिति २४ श्रावण २०७६, शुक्रबार ११:०१
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस