लामो दूरीमा २ जना चालक अनिवार्य राख्न पर्ने, नराखे कारबाही

काठमाडौं ” यातायात व्यवस्था विभागले लामो दूरीमा चल्ने सार्वजनिक यातायातमा अनिवार्य २ चालक राखेर नचलाए व्यवसायी(काडी मालिक या कम्पनी)लाई कारबाही गर्ने चेतावनी दिएको छ ।

लामो दूरीमा एक जनामात्र चालक हुँदा बस त्रिशुली नदीमा खसेर दुर्घटनामा परेपछि विभागले मंगलबार सूचना जारी गरी २ चालक हुनुपर्ने कानुनी व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गर्ने जनाएको हो ।

लामो दूरीमा चल्ने गाडीमा दुई जना चालक भए/नभएको मुलुकभर अनुगमन गरिने विभागले जनाएको छ । यो समाचार कान्तिपुर दैनिकमा छ ।

प्रकाशित मिति २९ श्रावण २०७६, बुधबार ०८:२९
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस