रबि लामिछानेलाई अझै ५ दिन थुन्ने

चितवन — चितवन जिल्ला अदालतले रवी लामिछाने सहित ३ जनालाई अनुसन्धानका लागि भन्दै ५ दिन हिरासतमा राख्न म्याद थप गरेको छ ।

न्यायाधीश विनोदकुमार शर्माले बिहीबारदेखि नै लागू हुनेगरी ५ दिन हिरासतमा राख्न म्याद थप गरेका हुन् । शुक्रबार बिहान भएको बहसको आधारमा रवी सहित ३ जनालाई अनुसन्धानको लागि म्याद थपिएको हो । तीनैजना प्रहरी हिरासतमा रहनेछन् ।

प्रहरीले बिहीबार बेलुकी टेलिभिजन कार्यक्रम प्रस्तोता लामिछानेलाई कार्यालयबाटै पक्राउ गरेर चितवन लगेको थियो। चितवन र काठमाडौं प्रहरी परिसर टोलीले लामिछाने र पत्रकार युवराज कँडेललाई बिहीबार पक्राउ गरेको थियो।

प्रकाशित मिति ३१ श्रावण २०७६, शुक्रबार १५:३६
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस