इरानी निर्देशक अब्बास कियरोस्तामीका पांच उत्कृस्ट फिल्म

अब्बास कियरोस्तामी इरानको राजधानी तेहरानमा सन् १९४० मा जन्मिएका हुन। उनले फिल्म आर्टमा डिग्री गरे लगत्तै ग्राफिक डिजाइनको काम पनि गरे ।
उनीलाइ विस्तारै आफु भित्र फिल्मका लागी  जन्मिएको  मनुस्य हु भन्ने कुरा चेत बस्यो  ।उनले फिल्म क्षेत्र नै आफ्नो जिन्दगि रहेको कुरा तिस वर्ष को उमेरमा पत्ता लगाए । फिल्मी दुनियाँमा होमिए । त्यसपछि उनीले ड्रामा मुभी बनाउन थाले ।निर्देशकले आफ्नो जीवनकालमा एउटा मात्र सिनेमा बनाउँछ तर उसले त्यसलाई किस्ताबन्दीमा प्रस्तुत गरिरहन्छ । यो मान्यता सबै निर्देशकमा लागू होला, नहोला तर कियरोस्तामीको यो मान्यता उनकै सिनेमाहरूले प्रखर रूपमा बोलिरहे । कि उनले आफ्नो जीवनकालमा एउटा मात्र सिनेमा बनाए, जुन जिन्दगीको मूल्यको बारेमा थियो । फरक फरक टाइम र स्पेस अनि फरक फरक चरित्रहरूको यात्रालाई लिएर कियोरेस्तोमीले यो सञ्चार गरिराखे कि मान्छेको जीवन बाँच्ने कलामा लुकेका साधारणभन्दा साधारण अनुभूतजस्तो मीठो कुरा केही छैन।

मानिसहरू एउटा ट्रेडमार्क झुन्डयाइन्छिन् कियरोस्तामीलाई– उनका प्रोटागोनिस्टहरू अक्सर खुस्केट स्वभावका हुन्छन् । नायिकाको पछि हात धोएर लाग्ने स्पट ब्वाईदेखि नक्कली डाइरेक्टर बनेर ढाँट्दै हिँड्ने अल्लारे ठिटो हुँदै आन्महत्या गर्न सहयोग गर्ने खेताला खोज्दै हिँड्ने मिस्टर बादीसम्म आइपुग्दा उनका चरित्रहरू अपत्यारिला लाग्छन् । तर गहिरिएर हेर्दा सबै मानिसहरू ‘एब्सर्ड मोटिभ’ ले त बाँचेका हुन्छन् । त्यसलाई हेने कियरोस्तामीको जस्तो मिस्टिक आँखा पो हुनुपर्‍यो । चरित्र चित्रणको यो आयामको रस पसेपछि स्टेरियोटाइप सिनेम्याटिक चरित्रहरूले बिझाउन थालेका छन् आजभोलि ।
आज तिनै निर्देशक  कियरोस्तामीले बनाएकापांच उत्कृस्ट फिल्म    यहाँ प्रस्तुत गरिएको छ ।
टेस्ट अफ चेरी
Imdb :7.7

क्लोज-अफ
Imdb :8.3

लाइफ एण्ड नथिंग मोर
Imdb :8

द ट्राभलर
Imdb: 7.6

द वाईन्ड विल क्यारी अस
Imdb : 7.6

प्रकाशित मिति ४ पुष २०७४, मंगलवार १३:२८
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस