लुटेराको गोली  लागेर बाँचेका  पुम्दीका भगवान बरालले के गर्दैछन्  अचेल ? हेर्नुस फोटो सहित

पुष ४ पोखरा ।तिन बर्ष अगाडी पोखराको न्युरोड स्थित मेगा सहकारी भवनमा लुटेराको समुहले गोलि हान्दा मरणासन्न अवस्थामा पुगेका भगवान बरालले व्यवसाय शुरु गरेका छन ।
यति डेभलपमेन्ट बैंक पोखरा न्युरोड शाखामा कार्यरत बराललाई २०७१ साल बैशाख १५ गते आफ्नो बैंकको कारोबारको रकम लिन भनि मेघा सहकारी पुगेका बेला ब्रिफकेसमा ३१ लाख पैसा बोकेर भर्यांग झर्दै गर्दा भगवान माथि लुटेराहरुको समूहले गोलि प्रहार गरी घाइते बनाएका थिए भने रकम लुटेर लागेका थिए ।एक्लै ज्यान धान्न नसक्ने बरालको दाइने पट्टिको हर चल्दैन र उनि आफ्नो देब्रे आखाँ देख्दैनन, तरपनि अहिले उनि व्यवसायमा लागेका छन् ।

पोखरा– सुनौली राजमार्ग अन्तर्गत पुम्दी भिम्दी तिलाहारमा अवस्थित घरको अगाडी पट्टिको भागमा अहिले बरालले चिया सहित किराना पसल खोलेका छन् । पसलको नाम भगवान् कोल्ड स्टोर्स राखेका छन्।
बराल हिंडडुल गर्ने अवस्थामा नरहेपनि व्हिल्चेयरको सहायताले पसल कुर्न, सामान्य काम गर्न सक्ने उनको बैनी भगवती बरालले बताइन। उपचारमा लाखौं खर्च भएको अवस्थामा व्यवसायबाट पनि केहि राहात मिल्ने आशले यो प्रयास गरेको घाइते बरालले बताए ।

फिस्टेल, मणिपाल हुदैँ न्युरो हस्पिटल काठमान्डौ पुर्याईएका बरालको बाच्ने आश सबैले मारेका थिए, भगवान नाम गरेका बराल भगवान जस्तै गरी बाचेर फर्किए।करिब एक बर्ष अस्पतालको शैयामा उपचार गरेर भगवान् बाच्न सफल भए । उनि अहिले कस्ता भएका छन् त ?
हेर्नुस उनका  केहि तस्विर

प्रकाशित मिति ४ पुष २०७४, मंगलवार १५:२३
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस