कथा : ‘घर फर्केको  मान्छे’

रुखहरु ब्रह्माण्डका उत्तम सृजना हुन।यिनिहरु कसैलाई हानी पुर्याउदैनन्! यिनीहरु खुब मिलनसार हुन्छन।

रुखहरुले झगडा गरेकोमैले अहिले सम्म देखेको छैन।आज पनि चुपचाप सडक छेउमा उभिएका रुखहरु हात हल्लाईरहेका छन।गाडीको रफ्तार बढ्दै छ।मलाई रमेशको सम्झनाले च्याप्दै छ।त्यसो त उ मेरो कुनै हितैषी मित्र होईन।

बस!
पोहोर सालको दशैमा घर जाने बेला गाडीमा भेटिएको एक अपरिचित!घर अछाम कालेकाँडा, करिब नौं बर्ष पछि ईन्डिया बाट फर्कदै छु आफ्नो जन्मथलो। कोहलपुर पुगेर आमालाई फोन गरे !बहुत खुशि हुनु भाको छ, आमा भित्रको मातृत्व छताछुल्ल भएको स्पस्ट आधार बोलीबाट मैले चाल पाइसकेको छु।

मैले फोन काटे सुर्खेत आईपुग्दै छु!आमालाई फोन गरेँ! यसरि बेला बेला खबर गर्नुपर्छ नत्र आमाले पिर गर्नु हुन्छ।दुनियाँमा हरेक आमाहरुको विशेषता नै यहि हो पिर गर्ने ।मैले आमाको अनुहार सम्झिएँ!सायद रमेशको आमा पनि मेरो आमा जस्तै होलीन!

देशमा भएको सशस्त्र विद्रोहका कारण देश छोड्ने लाखौ युवाहरुको सुचिमा म पनि नपर्ने कुरै भएन ! क्रान्ति पछी देशले के पायो ?त्यो  विस्तारै लेखाजोखा हुदै गर्ला ।

यस्तै केहि सोच्दै थिएँ !

‘बहिनीलाई मेरो पहिलो कमाइले मोबाइल ल्याई दिएको छु।’रमेश बोल्यो ।’उसको सन्तुष्टि आवाज एकाएक मेरो कानमा पर्यो।उ म भन्दा उमेरले सानो भएपनि परिपक्क छ।कुन अवस्थाले गर्दा मान्छे परिपक्क हुन्छ ? यसका आधार के होलान ?

उमेर?

बाध्यता ?

वा अरु केहि ?मलाई थाहा छैन ।दाइले मोबाइल ल्याइदिने खबरले उसकी बैनी कति खुशी भएकी होलि ?मन चंगा भएको हुदो हो ! आखाँ दाइ आउने बाटो भरी बिछ्याएकी होला । म मनमनै यस्तै केहि अनुमान गर्दै थिएँ।बाटो छेउका दोकानहरु हेरेर रमेशले मेरो मौनता माथि आक्रमण गर्यो ,’दाई त्यति बेला त यि दोकानहरु थिएनन।’हामी जाने बेला राती भागेर गएको ।माओबादी र सेना दुबैको डर थियो नि त ।सातक्लासमा  पढ्थे।छाडी दिए। के गर्नु ज्यान त जोगाउनु पर्यो। देशमा शान्ति आयो भनेर सबै परदेशिएका फर्किए।मैले पनि कोसिस त गर्या हुं। सेटले छुट्टि दिएन। बल्ल तल्ल मिलाईयो।’एक सासमा उसले बोल्यो म सुनि मात्र रहे ।

गिरिघाट(सुर्खेत भन्दा १० कि.मी.अगाडी) पुरै झण्डामय भएको छ।यि घरहरु बासँका चोयाहरुले बनेका छन।छानोमा सरकारले दिएको आधा च्यातिएको त्रिपाल छ।पानी छेक्नको लागी होईन घाम छेक्नको लागी।मान्छेहरु नआए पनि सर्प, बाघ, स्याल,आईरहन्छन।

रातभरी थाल बजाउनु पर्छ।तर आजभोली यो बस्तिमा मान्छेहरुको आवातजावत बाक्लो छ।करिब ३फिट अग्ला घरहरु पार्टिका

झण्डाहरु बोकेर सकिनसकि उभिएका छन।सायद सोचिरहेका होलान,’यिनै झण्डाले हामीलाई बर्षाबाट जोगाउने छन।’रमेशले यि घरहरुतिर नजर लगायो।उस्को अनुहारको रगं उडेर पातमा बस्यो।देशमा यत्रो क्रान्ती भयो!यतिका जनताहरु शहिद भए

आखिर के का लागी?यि घरहरुमा रमेशले नजर लगाए जसरी सरकारले कहिले लगाउने होला नजर यी घरमाथि ?मेरो मनमा प्रश्नहरुको हिउँ जम्न थाल्यो!गाडिको गति कम हुदै छ।अब कच्चि बाटो सुरु भयो।मैले रमेशतिर हेरेँ!ऊ एकदमै डराएको थियो।यो बाटोमा बर्षेनि मान्छेहरु मर्ने गर्छन।अखबारहरु समाचार छाप्छन।सरकारले समबेदना दिन्छ।फेसबुकका वालहरु रक्ताम्मे हुन्छन।तर यो बाटोको हालत जस्ताको त्यस्तै!गाडीको उफ्राई तिब्र हुदैछ।

मानौ,
गाडी -गाडी होईन भकुण्डो हो ।तल बगिरहेको कर्णाली हेर्दै रमेशले भन्यो,’ईन्डियामा गाउँको याद आउँदा म घाँघर नदि हेर्ने जान्थे।थाहा छ दाई!’यो नदि हाम्रो गाउँकै छेउबाट बग्छ!’मलाई रमेशका कुरा सुन्ने फुर्सद थिएन!भने त, म एकदमै डराएको थिए। गाडीमा गित बज्दैथियो,

‘डाईभर दाई…!

मलाई होस आउन बाईस घण्टा लाग्यो रे!यहाँसम्म म कसरी आईपुगेँ ?यो सोच्नलाई मलाई फुर्सद थिएन! मेरा आखाहरु रमेशलाई खोज्न थाले।म उठ्न खोजेँ।नर्सहरुले रोके!हस्पिटलमा निकै हल्लाखल्ला थियो।मलाई भाउन्न भयो।उठ् र बसको क्रम जारी भयो !टाउको घुमाएँ!पल्लो बेडमा रमेश निदाईरहेको थियो।कहिल्यै नब्युझिने गरेर ।बोल्नलाई शब्दहरु थिएनन।रमेशकी आमालाई सम्झिए!भन्थ्यो,’आमालाई दमको औषधि ल्याई दे को छु!’ ‘अब त बुढि भईसकि होलिन!

बिहे गर्छु दाई आमालाईकति दु:ख दिनु!’शरिर भरि चोटैचोट थियो ।तर पिडा मनमा थियो।म बाचेँ खासै खुशि लागेन! परेलीमा जमेको पानी बिस्तारै खस्यो-रमेशको निधारमा !मेरा आशुंमा  अपरिचित रमेशकी आमाको चित्र थियो होला मैले ठम्याउन सकिन !

जंगलमा लागेको कुहिरो जसरी पातलीदै छ ,रमेशको याद।गाडीको रफ्तार बढ्दो छ।झ्यालबाट लहरै उभिएका रुखहरु हेर्दै छु।यिनै रुखहरु मध्ये कुनै एउटा रुख हो,जस्ले मलाई यो नयाँ जीन्दगी दियो। म स्पर्श गर्न चाहन्छु त्यो रुखलाई,र सोध्न चाहन्छु,’रमेशलाई किन बचाउन सकेनौ ?’होईन ठिकै छ, त्यो उस्को जिम्मेवारी भन्दा परको कुरा होला।जसरी कर्णाली सरकारको जिम्मेवारी भन्दा परको कुरो हो।

बाटोको हालत उस्तै छ,गाडीको उफ्राई उस्तै !तर मनमा डर भने कदापी छैन।मृत्यु जितेर फर्किएकाहरुलाई मृत्युसँग के को डर !भर्खरै एउटि युवति गाडीमा चढिन।सायद माईति हिडेकी होलानी।घरमा आमा कुरिरहेकि होलिन,जसरी रमेशकी आमा कुरिरहेकि छन

गाडीमा गीत बज्न अघि नै बन्द भै-सक्यो। यात्रुहरु सबै निदाए जस्ता देखिन्छन।गाडी बेस्करि हुईकिए पछि गिरिघाटमा रोकियो, कोहि ओर्लिने वाला छ।झ्यालबाट टाउको निकालेँ। दृश्य बिलकुलै फरक छ।साना नानीहरु हुल बाँधेर दौडिदै छन।मैले घरहरुतिर नजर लगाँए।समय सधै एकैनासको नहुदो रहेछ! यो पटक छानोमा अर्कै पार्टिको झण्डा फर्फराईरहेका छन।

सायद यिनै झण्डाहरुले दिने छन यो बस्तिलाई मुक्ति र युद्दले लखेटिएका तमाम युवा फर्काउने छ आफ्नै देश !

लेखक काठमाडौंको  एपेक्स कलेजमा अध्यनरत   बिबिए फर्स्ट सेमस्टरका   विधार्थी हुनुहुन्छ ।

प्रकाशित मिति २१ पुष २०७४, शुक्रबार १०:२३
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस