एनआइसी एशियाको एक अर्बको सामुहिक लगानी कोष निष्कासन, माघ २ देखि बिक्रि खुला

एनआइसी एशिया बैंकको सहायक कम्पनी एनआइसी एशिया क्यापिटल लिमिटेडले १ अर्ब रुपैयाँ बराबरको सामुहिक लगानी कोष निष्काशन गर्ने भएको छ।

सात वर्षे बन्दमुखी योजना रहेको एनआइसी एशिया ग्रोथ फण्डलाई धितोपत्र बोर्डबाट पुस ११ मा निष्काशन गर्नका लागि अनुमती प्राप्त भएपछि माघ २ देखि सर्वसाधारणमा ईकाइ बिक्रि गर्न लागिएको एनआइसी एशियाले जनाएको छ।

क्रेडिट रेटिङ एजेन्सी ईक्रा नेपाल लिमिटेडले क्यापिटललाई आइसीआरएएनपी–आइआर एएमसी क्वालिटि ३ तथा एनआइसी एशिया बैंक लिमिटेडलाई आइसीआरएएनपी–आइआर ए गुणस्तर रेटिङ प्रदान गरेको छ।

एनआइसी एशिया ग्रोथ फण्डले १ अर्ब बराबरको १० रुपैयाँ अंकित मूल्य दरका १० करोड ईकाइ सर्वसाधारणमा बिक्रि गर्न लागिएको छ। माग भन्दा बढी आवेदन परेको खण्डमा यो योजनाको आकार १ अर्ब पच्चिस करोड रुपैयाँसम्म पु¥याउन सकिनेछ। म्युचुअल फण्ड भएका कारण कोष मार्फत संकलित रकम धितोपत्र नियमावलीको अधिनमा रहि विभिन्न क्षेत्रमा लगानी गरिने बताइएको छ।

उक्त ईकाइहरु नेपाल स्टक एक्सचेन्ज लिमिटेड तथा सिडिएस एण्ड क्लियरिङ लिमिटेडमा सूचिकरण गराई धितोपत्रको दोश्रो बजारमा कारोवार गर्ने व्यवस्था मिलाइनेछ। कोषको लगानीको नाफाबाट लगानीकर्ताहरुले वार्षिक प्रतिफल पाउने छन् भने दोस्रो बजारमा हुने मुल्य परिवर्तनबाट पनि लगानीकर्ताले लाभ लिन सक्ने छन्।

कोष परिपक्व हुने समयमा लगानीकर्ताले वार्षिक प्रतिफल पाउने छन् भने दोस्रो बजारमा हुने मूल्य परिवर्तनबाट पनि लगानीकर्ताले लाभ लिन सक्ने छन्। कोष परिपक्व हुने समयमा लगानीकर्ताले कम्पनीको खुद सम्पत्तिका आधारमा आफ्नो लगानी फिर्ता पाउने लिमिटेडले जनाएको छ।

सेयर बजारको विषयमा पर्याप्त ज्ञान नभएका नवप्रवेशी लगानीकर्ताका लागि मात्र नभई लगानीमा विविधता चाहने अनुभवी लगानीकर्ताका लागि पनि सामुहिक लगानी कोष एक राम्रो विकल्प हुन सक्छ। विशेषज्ञद्वारा सञ्चालित लगानीमा विविधता, सानो रकमबाट लगानी गर्न सकिने जस्ता विविध विशेषताहरुका कारण सामुहिक लगानि कोषको आकर्षण बढेको जनाइएको छ।

प्रकाशित मिति २२ पुष २०७४, शनिबार १२:०८
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस