माइतीघरमा डा.केसीको रिहाइको माग गर्दै उर्लिएको जनलहरलाई  गगनको साथ  (फोटोफिचर)

डा गोविन्द केसीको सोमबार राती भएको पक्राउको विरुद्धमा मंगलबार बिहान माइतीघरमा शान्तिपूर्ण रुपमा विरोध सभा भएको छ ।

सभामा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रसहित सहभागी भएका थापाले सहभागीलाई सम्बोधन गर्दै डा केसीमाथि होइन, उनले उठाएका मुद्दामाथि छानविन गरेमात्र न्यायालयप्रति नागरिकको सम्मान बढ्ने बताएका हुन्।

देशको न्यायालय भित्र भएको राजनीतिकरणले सिंगो देशलाई लज्जाबोध भएको अधिकांश वक्ताहरुले चिन्ता व्यक्त गरे । जनताको लागी लड्ने डा.गोविन्द केसीको रिहाई र उनको माग सम्बोधन नहुदां सम्म विरोधका कार्यक्रम नरोकिने केसीका समर्थकहरुले जानकारी दिए।

डा .केसिकाे रिहाइकाे माग गर्न उर्लिएकाे जनलहरको केहि झलक 

तस्विर : किसान

प्रकाशित मिति २५ पुष २०७४, मंगलवार १२:३४
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस