के हो इन्टरपोल ? इन्टर पोलले कसरि समात्छ विदेशी अपराधि ? विस्तृतमा जान्नुहोस

काठमाडाै‌- अपराधी तथा अभियुक्त विश्वकाे जुनसुकै ठाउँमा पुगेपनि कानुनी कारबाहीकाे दायरामा अाउन् सकुन् भनेर स्थापना भएकाे सस्था हाे इन्टरनेशनल क्रिमिनल पुलिस अर्गनाइजेसन(इन्टरपाेल)।

अपराध नियन्त्रणामा अन्तर्राष्ट्रिय प्रहरीले इन्टरपाेलमार्फत सहकार्य गर्छन्। कुनै ठाउँ वा देशमा अपराध गरेर अर्काे देशमा अपराधी भाग्याे भने सम्बन्धित देशले इन्टरपाेलमार्फत सहकार्यका लागि अपिल गर्दछ।

अावश्यक ठाने इन्टरपाेलले अाफ्ना सदस्य राष्टलाइ एरेस्ट वारेन्ट नाेटिस जारी गर्दछ। प्रमाण चित्त नबुझे वा अपर्याप्त ठाने इन्टरपाेल महासभाले अाग्रह अस्विकार पनि गर्न सक्दछ। इन्टरपाेलकाे सन्दर्भमा रेड कर्नर नाेटिस र डीफ्युजन नाेटिस चर्चित छन्।

पुर्व डीअाइजी नवराज सिलवाललाइ इन्टरपाेलले डीफ्युजन नाेटिस जारी गरेपछि इन्टरपाेल नाेटिस नेपालकाे सन्दर्भमा पुन एक पटक चर्चामा छ। नेपाल प्रहरीले विगतमा इन्टरपाेलकाे सहयाेगमा धेरै अपराधी तथा अभियुक्तलाइ विदेशबाट ल्याउन सफल भएकाे छ।

अनुसन्धानका क्रममा कुनै ब्यक्ति देशभित्र नभेटिए त्यस्ताे अवस्थामा मुद्धा दायर भएकाे निकायले नेपालमा रहने इन्टरपाेलकाे समन्वयकारि निकाय नेशनल सेन्ट्रल ब्युराे(एनसिबी)मार्फत इन्टरपाेललाइ अाग्रह गर्दछ। इन्टरपाेल महासभाले स्विकृत गरेपछि सम्बन्धित देशले अभियुक्त गएकाे वा जान सक्ने गेकाे देशलाइ अावश्यक सुचना तथा जानकारी उपलब्ध गराउँछ।

इन्टरपोल सदस्य राष्ट्रलाई उक्त व्यक्तिको सम्पूर्ण विवरण र अनुसन्धानको विषय भरेर निगरानी तथा भेटिएमा खबर गरिदिन भन्दै अनुरोध गरिन्छ। अदालतमा मुद्धा पेश भइ सकेकाे अवस्थामा माथिकै प्रकृयाद्धारा रेड नाेटिस जारी गर्न इन्टरपाेललाइ अाग्रह गरिन्छ। याे अदालतकाे एरेस्ट वारेन्ट वा फैसला दुवै सन्दर्भमा हुन सक्छ। रेड कर्नर नाेटिसकाे हकमा अभियुक्त वा अपराधी देखिए वा भेटिए पक्राउ गर्न पनि सक्दछ।

तर कम्तीमा छ महिना सजाय भएकाे फाैजदारी कसुर भएमा मात्र इन्टरपाेलले नाेटिस जारि गर्दछ। धर्म ,राजनिती लगायत विषयसँग सम्बन्धित मुद्धामा भने इन्टरपाेलले वास्ता गर्दैन। अपराधी तथा अभियुक्त पक्राउ नपरे रेड कर्नर र डीफ्युजन दुवै नाेटिस पाँच पाँच वर्षमा नविकरण गर्नुपर्छ।

यसका लागि इन्टरपाेलले एनसिबीलाइ नविकरण गर्ने नगर्ने सम्बन्धमा पत्राचार गर्दछ। एनसिबीले मुद्धा चलाएकाे निकायकाे रायमा नविकरण गर्ने नगर्नेबारे निर्णय लिन्छ। यदी बीचमा मान्छे पक्राउ परे मुद्धा चलाएकाे निकायले इन्टरपाेलकाे नाेटिस हटाइदिन एनसिबीलाइ अाग्रह गर्दछ।

प्रकाशित मिति ९ माघ २०७४, मंगलवार २०:०८
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस