सलमान खान नेपाल आउदै, उनको प्रस्तुति कहा हुने र टिकट कति लाग्ने विस्तृतमा हेर्नुहोस

काठमाडौं । बलिउड सुपर स्टार सलमान खान नेपाल आउने निश्चित भएको छ । उनी ओडीसी इन्टरटेनमेन्टले आयोजना गरेको फागुन २६ गते काठमाडौं को टुँडिखेलमा हुने कार्यक्रममा सहभागी हुन नेपाल आउने भएका हुन् ।

सलमान जेट एयरलाइन्सको विमानबाट २५ गते काठमाडौं आउने सलमान नेपालमा तीन दिनसम्म बस्नेछन् । उनीसँगै कार्यक्रममा नायिका सोनाक्षी सिन्हा, निर्देशक प्रभु देवा, डेजी शाह, कृति सेनोन र पञ्जाबी भाँगडा डान्सर ‘मिड बोस’ पनि आउने आयोजकले जनाएको छ । ७ जना कलाकारका साथमा ९० जनाको टोली होटलमा बस्नेछन् ।आयोजकका अनुसार कार्यक्रम हेर्ने ठाउँअनुसार टिकट दर फरक फरक तोकिएको छ ।

कार्यक्रमको टिकट ग्लोबल आईएमई बैंकबाट पाइने छ । टिकट ३ हजार, ५ हजार र १० हजार दरका हुनेछन् ।उनलाई १५ सयभन्दा धेरै सुरक्षाकर्मीले कार्यक्रमस्थलमा सुरक्षा दिने , ५ सय प्राइभेट सुरक्षाकर्मी परिचालन गरिने र ४ सयजना स्वयंसेवकले कार्यक्रमलाई व्यवबस्थित गर्ने आयोजकले बताएका छन् ।

प्रकाशित मिति १२ माघ २०७४, शुक्रबार १७:५९
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस