पुम्दीभुम्दी निवासी बिष्णु बरालको रोइला गीत सार्वजानिक

लोक संगीतको क्षेत्रमा संघर्षरत सुमधुर आवाजकी धनि लोकदोहोरी गायिका कमला गैरे तथा लोकदोहोरी गायक विष्णु बरालको आवाजमा रहेको कमेडी रोईला गित “केराले र दहीले हो” बोलको गीत सहित म्युजिक भिडियो युट्युबमा  सार्वजानिक  भएको छ।

म्युजिक भिडीयो निर्देशन शिव भुर्तेल, छायांकन गणेश सापकोटा, एरेन्ज आचार्य डिजीटलका तारानाथ आचार्यले गरेका हुन्।अभिनयमा सपना कुवँर र आशिष दवाडीकाे रहेकाे छ। बराल बाल्यकाल देखि नै मिठो स्वर भएका र गित गाउन रुची राख्ने गर्दथे । स्वर मिठो भएकाले उनलाइ सबै आफन्त ले एल्वम निकाल्न प्रेरित गरेको उनले पोखरा स्थित हाम्रा सम्वाददाता रुपेश बराललाई बताए।

सानै उमेर देखी गीत संगीतमा रुची राख्ने उनी अबका दिनमा पनि यसलाइ निरन्तरता दिने बताउँछन्। यो उनको दोस्रो एल्बम हो। आजकल निस्कने गितहरुमा मौलिकता हराउदै गएकोमा दुख लागेको  बताउँछन्। श्रीमान दुब्लो हुदा घटाउन खोजेको तर श्रीमती मोटी हुदाँ पनि  मोटाउन खोज्ने कुरालाइ गित मार्फत बयान गरिएको छ। पोखरा लेखनाथ महानगरपालिका वडा नं. २२ पुम्दीभुम्दीमा जन्मिएका बराल सोहि ठाउँको श्री शुक्रराज उच्च मा.बिमा पढेका  थिए। उनी भेटरीनरी डाक्टर बन्ने चहाना सगै चर्चित गायक बन्ने रुची रहेको जानकारी दिए ।

प्रकाशित मिति १५ माघ २०७४, सोमबार २०:५१
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस