यसकारण जाडोमा बढी हुन्छ हृदयघात

केही वर्षयता नेपालमा हृदयघातका कारण ज्यान गुमाउनेको संख्या बढ्दो छ । युवा अवस्था मै मुटुरोगका कारण ज्यान गुमाउनेको संख्या पनि उल्लेख्य भएपछि चिकित्सा विज्ञामा चिन्ताको विषय बनेको छ । व्यस्त जीवनशैली, तनाव, बढी तौल, उच्च रक्तचापका कारण हृदयघातका बिरामी बढ्दै गएको चिकित्सको भनाइ छ ।

चिसोको समयमा अझ हृदयघातको जोखिम बढ्ने बताउँछन मुटुरोग बिशेषज्ञ डाक्टर सुनिल झा । चिसोयाममा किन हृदयघात बढी हुन्छ भन्ने बारे डा. झाको भनाइ यस्तो :- पहिले पहिले हदयघात बुढ्यौली लाग्दै गएपछि मात्रै हुन्छ भन्ने मानसिकता थियो । तर, पछिल्लो समय युवामा पनि हृदयघातको जोखिम देखिएको छ ।

चिसोका कारण शरीरका नसाहरू खुम्चने सम्भावना बढी हुन्छ । नसा खुम्चियो भने मुटुमा सन्तुलित रुपमा रगत पुग्दैन् । यसर्थ, मुटुमा आवश्यक रगतको कमी हुन्छ र मुटुमा समस्या आउँछ । मुटुको नसामा नै गडबढी भयो भयो भने मानिसको तुरुन्त मृत्यु हुन्छ । जसलाई आस्मिक हृदयघात भनिन्छ ।

लक्षण :
हुन त हृदयघात एक्कासी देखिने समस्या हो । अधिकांश मानिसले लक्षण नै थाहा पाउदैन्न् । तर, उकालो हिड्दा, भर्याङ चढ्दा स्वाँ स्वाँ धेरै भए हृदयघातको सम्भावना हुन्छ । यसबाहेक निम्न समस्या देखिन सक्छ ।

श्वास फेर्न असजिलो हुने
पसिना बढी आउने
छातीको बीच भागमा दुख्ने
शरीर आलास्य हुने
खाना मन नलाग्ने
वान्ता हुने
सावधानी :
शरीरलाई न्यायो राख्ने
सक्रिय जीवनशैली अपनाउने
तनाव कम गर्ने
नियमित शारीरिक व्यायम गर्ने
स्वास्थ खानपानमा ध्यान दिने
चिसोमा बिहानको समयमा मर्निङ वाक गर्नु भन्दा साँझपख गर्नु राम्रो हुन्छ । (धेरैलाई हृदयघात बिहानको समयमा हुने गरेको छ । कारण बिहानको मसयमा स्नायु प्रणालीलाई सक्रिय बनाउने हर्मोन बढी हुन्छ । यस्तो अवस्थामा सन्तुलित हर्मोन प्रवाह हुन सकेन भने हृदयघात हुनसक्छ ।)
तौल तथा उच्च रक्तचाप नियन्त्रणमा राख्ने
धुम्रपान र मध्यपान नगर्ने
नियमित स्वास्थ परीक्षण गर्ने
मुटृु सम्बन्धी कुनै पनि समस्या भए चिकित्सकले भने बमोजिम औषधि सेवन गर्ने ।
धेरैको बुझाई छ की हृदयघात भयो भने उपचार गराए पनि मृत्यु हुन्छ । तर, त्यसो होइन् । हृदयघात हुने बितिकै वा जति सक्दो छिटो अस्पताल पुर्याए बिरामीको अवस्था हेरी आवश्यक उपचार पद्धति अवलम्बन गरे समयमा नै यसको उपचार हुन् सक्छ ।

प्रकाशित मिति १६ माघ २०७४, मंगलवार २०:४३
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस