छोरीको उपचारका लागि सडकमा आफ्‍नै दूध बेच्‍दै आमा

चीन- चीनमा एक महिला आफ्नो छोरीको उपचारको लागि पैसा जुटाउन सडकमा आफ्‍नै दूध बेचिरहेकी छन्। छोरीलाई अस्पतालको आइसियूमा भर्ना गरिएपछि पैसा अभावमा दूध बेच्‍न बाध्‍य भएको बीबीसीले उल्लेख गरेको छ।

बीबीसीका अनुसार त्‍यहाँको एक वेबसाइट मायाओ भिडियोमा उक्त भिडियो पोस्ट गरिएको छ। जसमा एउटी आमा बुवाले आफ्‍नो छोरीको उपचारको लागि करीब एक लाख युआन जम्‍मा गर्नुपर्ने बताइरहेकी छिन्।

चीनको सामाजिक सञ्‍जालमा भीओमा यो भिडियो सेयर भएपछि त्‍यसलाई करीब २४ लाख भन्‍दा बढी पटक हेरिएको छ भने ५ हजार ‘कमेन्ट’ आइसकेका छन्।

यो भिडियोमा बच्चालाई एउटा पार्कमा राखिएको छ जुन चीनको गुवाङडुङ प्रान्तको एक ठूलो शहर सेन्जनमा अवस्थित छ।

यता, छोरीको बुवाले अस्पतालमा एक लाख युआन तिर्नु पर्ने भएकाले यस्तो कदम उठाउनु परेको बताएका छन्। चिकित्सकले छोरीको उपचारपछि एक लाख युआन तयार गरेर राख्‍न भनेपछि उनीहरुले बाध्‍य भएर सडकमा यस्तो गर्नु परेको हो।

पछिल्ला केही वर्ष यता चीनमा स्वास्थ्य व्‍यवस्थामाथि नै प्रश्‍न उठाइएको छ भने मेडिकल सेन्टर्सहरुमाथि दबाब बढ्‍दै गएको छ।

दानमा आमाको दूध, फेसबुकमा छोरी बचाउन बन्‍यो ग्रुप

सेन्जन अनलाइन प्रेस अफिसले एक आमाको पीडालाई बुझेर थुप्रै प्रतिक्रियाहरु दिएको जनाएको छ। उसले पोस्ट गरेको भिडियोमा धेरै भावुक प्रतिक्रियाहरु समेत आएको छ। केहीले लेखेका छन्, ‘ सेल मिल्‍क, सेभ गर्ल’ अर्थात दूध बेच्‍नू, छोरी बचाउनू’

सामाजिक सञ्‍जालमा प्रयोगकर्ताहरुले त्‍यहा वरिपरि हिड्‍ने सबैलाई आमालाई पैसा दिएर सहयोग गर्न समेत आग्रह गरेका छन्। यति मात्रै नभएर उसको आमाबुवालाई जहाँसुकै जसले भेटे पनि पैसा दिएर मद्दत गर्न पनि आग्रह गरिएको छ।

तर, केही सामाजिक सञ्‍जाल प्रयोगकर्ताले भने आफ्नो छात्तीको दूध बेच्‍नुलाई अश्लीलताको प्रतीक मानेका छन्। उनीहरुमध्‍ये एकले सामाजिक सञ्‍जालमा प्रतिक्रिया दिँदै लेखेका छन्, ‘ सबैले सम्झिन सक्छन की तपाई छोरी बचाउन विवश हुनुहुन्छ। तर आफनो छात्तीको दूध बेचेर आफ्नो प्रतिष्ठा कसरी बचाएर राख्‍न सक्‍नुहुन्छ।?’

तर विरोधमा आइरहेको उक्त प्रतिक्रियालाई एक व्‍यक्तिले आलोचना गर्दै भनेका छन्, ‘ तपाई कस्तो खालको आमाबुवा हो जसलाई गलत रुपले हेर्दै हुनुहुन्छ? यदि ती बालिका तपाईको छोरी भएको भए के गर्नुहुन्थ्यो, आफ्‍नो अनुहार वा छोरी?’

प्रकाशित मिति २२ माघ २०७४, सोमबार १५:५४
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस