जब बि पीले इन्दिरा गान्दिलाई भने, ‘मलाइ राजाको दुस्मनी ठिक छ नेपालमा हस्तक्षेप नगर ‘ (पुरा पढ्नुहोस )

२०३३ सालमा मेलमिलापको नीति लिएर नेपाल फर्किन अघि बिपी कोइराला भारतीय प्रधानमन्त्री इन्दिरा गान्धीसँग भेट्न नयाँ दिल्ली पुगेका थिए ।

त्यतिबेला इन्दिरा बिपीसँग त्यति खुसी थिइनन् । कारण, उनी जयप्रकाश नारायणले इन्दिरा सरकारलाई लक्ष्य गर्दै सञ्चालन गरेको ‘पूर्ण आन्दोलन’ का पक्षमा थिए ।

बिपीलाई राम्रैसँग थाहा थियो, एउटा छिमेकी देशको नेताले अर्को देशको राजनीतिमा हात हालनु हुँदैन । उनी आफैँ पनि नेपालमा भारत वा अन्य कुनै राष्ट्रले चलखेल गरेको रुचाउँदैनथे । उनको स्पष्ट दुष्टिकोण थियो – अर्काको सार्वभौमिकतामाथि हस्तञक्षेप गर्न हुन्न ।

२०२५ साालमा सुन्दरीजल जेलबाट छुटेर भारतको बनारसमा निर्वासनका लागि जाँदा भारतीय समाजवादी आन्दलोन दुई चिरामा विभाजन भइसकेको थियो ।

भारतीय राष्ट्रिय कांग्रेसबाट अलग भएर प्रजा समाजवादी पार्टी स्थापना गरेका भारतका दुई दिग्गज समाजवादी नेता डा. राममनोहर लोहिया र जयप्रकाश नारायण बिपी सुन्दरीजल थुनामै हुँदा अलग भएका थिए । बिपीको झुकाव जयप्रकाशतर्फ थियो । त्यसैले, भारत निर्वासनमा गएपछि इन्दिराले बिपीको लाइन बुझ्ने प्रयास गरिन् । उनलार्य थाहा थियो, बिपी चुप लागेर बस्न सक्दैनन् । त्यतिबेला बिपीले इन्दिरालाई भनेका थिए, ‘मलाई अर्को देशको सार्वभौमिकताको विषय हेक्का छ । तर, म जयप्रकाशको स्टयान्डलाई समर्थन गर्छु ।

आन्दोलनले उग्र रुप लियो । इन्दिराले २०३२ सालमै इमर्जेन्सी लागू गरिन् । जयप्रकाश, मोरारजी देसाई र अटलबिहारी बाजपेलीयीलगायत सम्पूर्ण विपक्षी नेता पक्राउ परे । बिपीमाथि अर्को जिम्मेवारी थपियो । त्यतिबेलै दिल्लीमा इन्दिराले उनलाई साफसँग थर्काइन, ‘तेरो राजनीति भनेको नेपालमा हो । जेपी (जयप्रकाश) को साथ छोडिदे ।’

बिपीलाई इन्दिराको रुखोपन मन परेनछ । उनले जवाफ दिएछन, ‘तिमीले महात्मा गान्धीलाई राम्रोसँग चिन्न सकेकी रहिनछौ । स्वतन्त्रता आन्दोलनमा मेरो कत्तिको भूमिका थियो भनेर ।’

त्यसपछि बिपीलाई भारत सरकारले निगरानी बढायो । इमजेन्सीअघि नै मोतीझिलमा बिपीलाई मार्ने असफल प्रयास भइसकेको थियो ।

इन्दिराले विमान अपहरणलाई ठूलो मुद्दा बनाइन । बिपीको डेरामै छापा मारियो । उनलाई दिँदै आएको सुरक्षाकर्मी नै सुराकी बने । इन्दिराले प्रस्ताव राखिन्, ‘भारतसँग डिफेन्स र पराराष्ट्र ‘प्याक’ गर । म तिमीलाई नेपालमा पुनस्र्थापन गर्न सहयोग गर्छु ।’ बिपीले मानेनन् ।

फेरि २०३१ सालमा सिक्किमको भारतमा विलय, भुटानको रक्षा र परराष्ट्रमा भारतको आधिपत्य, संसारको बदलिँदो परिस्थितिय सबैलाई मूल्यांकन गर्दै बिपी राष्ट्र मेलमिलापको नीति लिएर नेपाल फर्किने मनस्थितिमा पुगे ।

नेपाल फर्किनुअघि भारतको संसद भवनको लबीमा बिपीको इन्दिरासँग भेट भयो । उनले भने, ‘ म देश फर्किदै छु । ‘ इन्दिरा चकिन परिन् ।

उनले बिपीबाट यस्तो निर्णयको अपेक्षा गरेकी थिइनन् । त्यतिबेला इन्दिरा चाहन्थिन्, बिपी नेपाल नफर्किऊन् । बिपीलाई अगाडि देखाएर नेपालसँग ठूलै सम्झौता गर्न सकिन्छ कि भन्ने उनलाई आस थियो । सँगसँगै उनी यो पनि चाहन्थिन्, आफूविरुद्धको आन्दोलनमा बिपी सक्रिय नभइदिऊन् । उनी राजनीतिक शरणार्थीका रुपमा चुप लागेर बसून् ।

इन्दिराले भनिन्, ‘किन फर्किनुहुन्छ ? नेपालमा तपाईलाई खतरा छ । हामी यहीँबाट सहयोग गरिहाल्छौँ नि ।’
बिपीले हार्दिकतासाथ भने, ‘होइन, अब म राजासँगै मिलेर जान्छु ।’

मुख अमिलो पार्दै इन्दिराले हात हल्लाइन्, बिदाइको भावमा बिपीलाई इन्दिराको त्यो व्यवहार मन परेनछ । उनले त्यहीँ भिनिदिएछन्, ‘तिमीसँग आफ्नो बाबु (पूर्व भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरु) जत्तिको सोमत पनि रहेनछ । २००७ सालमा यही ठाउँबाट बिदा माग्दा तिम्रो बाबुले मलाई ढोकासम्म छोड्न आएका थिए ।’

बिपीले आफ्नो ६८ वर्षे जविनकालको ४४ वर्ष भारतमै बिताए । उनी २००७ सालदेखि ०१७ सालसम्म नेपालको खुला राजनीतिमा समावेश भए । ८ वर्ष सुन्दरीजल जेलमा बन्दी अवस्थामा रहे । २०३३ मा मेलमिलापको नीति लिएर देश फर्किएपछि पनि २ वर्ष महाराजगन्जस्थित प्रहरी तालिम केन्द्रमा बन्दी अवस्थामै बिताउनुप¥यो । त्यसको ५ वर्ष, २०३९ सालमा निधन नहुञ्जेल पञ्चायतको निषेध राजनीतिमा रहे ।

बिपीको जन्म बनारसमै भयो । उनले आध्यात्मिक वा भौतिक दुवै शिक्षा बनारसमै लिए । बनारसमा ७÷८ पक्षामा अध्ययनरत रहँदा उनी सोच्ने गर्थे, हिंसाबिना क्रान्ति सम्भव हुँदैन । उनको त्यतिबेलाको दर्शन थियो, कसैलाई तर्साउन पनि हिंसाको आवश्यकता पर्छ । स्कुले जीवनदेखि नै बढी तर्क गर्ने स्वभावका बिपी सामन्ती सोचलाई ‘कुण्डलिनी मारेको सर्पजस्तै’ मान्थे । उनको तर्क थियो, त्यसलाई भत्काउन ठूलो आतंक अनिवार्य छ । त्यसैले, उनी स्कुले जीवनमै बेलायती सुरक्षाकर्मीविरुद्ध लक्षित बाँदर सेनामा सम्मिलित भएका थिए । उनी पक्राउ पनि परे । पछि ‘धेरै फुच्चे छ’ भनेर उनलाई छोडियो ।

बनारसका चर्चित वकिल सागर हिंसको बीपीसँग गहिरो दोस्ती थियो । अहिले उनको पनि निधन भइसकेको छ । उनी बिपीका बारेमा भन्थे, ‘पहिले बिपी कम्युनिस्ट दर्शनबाट प्रेरित थिए ।’ तर, कार्ल माक्र्सका सबै किताब गहन रुपमा अध्ययन गरिसकेपछि उनी कम्युनिस्टहरु धेरै उग्र हुन्छन् भन्ने निचोडमा पुगे । बिपीको कम्युनिस्टप्रतिको तर्क थियो, ‘यिनीहरु तातो फलामजस्तै हुन् । जति चाडो तात्छन्, त्यति नै चाँडो सेलाउँछन् पनि । फेरि यिनीहरुलाई तातेका बेला जुनसुकै आकारमा ढाल्न सकिन्छ । दार्जिलिङमा वकालत गर्ने क्रममा बिपीमा परिपक्वता आउन थालेको ठम्याई थियो, उनको ।

भारतमा ‘अंग्रेजी छोडो’ आन्दोलन सुरु हुँदा भारतीय राष्ट्रिय कांग्रेस निकै सशक्त पार्टी थियो । यही पार्टी थियो । यही पार्टीमा आचार्य नरेन्द्रदेव, डा. राममनोहर लोहियो र जयप्रकाश नारायणजस्ता हस्ती थिए । बिपी पनि यिनीहरुबाट निकै प्रभावित थिए ।
यिनीहरु त्यतिबेला ‘राजनीतिक रुपमा महात्मा गान्धीको छोरा, तर कार्ल माक्र्सको विद्यार्थी’ भनेर चिनिन्थे । उनहिरु कांग्रेस पार्टीभित्र माक्र्सको विचारमा बहस चलाउँथे । भारतीय स्वतन्त्रता आन्दोलनका क्रममा बिपी, लोहियासँगै २ वर्ष जेलमा बसे । उनी लोहियासँग झनै प्रभावित बने । पछि जयप्रकाशसँगको निकटताले लोहियासँग उनको दुरी बढ्यो ।

सुरुका दिनमा बिपीको क्षमताबाट लोहियो पनि प्रभावित थिए । बनारस विश्वविद्यालयमा अध्ययनरत रहँदा बिपीलाई थुप्रै कार्यक्रममा भाषण गर्न लगाएका थिए, लोहियाले । लोहिया आफैँ पनि भारतीय राजनीतिमा वजनदार भाषण गर्ने तर्कशील नेतामा गनिन्छन् । अहिलेपनि भारतमा नेहरुलाई पक्षघात (हर्ट अट¥याक) हुनुमा लोहियाको भाषणको पनि हात छ मान्नेहरुको ठूलो जमात छ । नेहरु प्रधानमन्त्री हुँदा उनले भारतीय संसदमा प्रतिव्यक्ति आयको विषयमा चर्को बहस गरेका थिए, जसमा नेहरु सरकारले आफ्नो भूल स्वीकार गरेको थियो । त्यो बहसलाई अहिले पनि भारतीहयरु ‘१५ आना, ३ आना’ भनेर सम्झिन्छन् ।
२०१५ सालमा बिपी नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री भए । त्यतिबेला लोहियाले २ वटा मुख्य मुद्दामा केन्द्रित हुन बिपीलाई सल्लाह दिएका थिए – पहिलो, आधुनिक भूमिसुधार लागु गर्नु र दोस्रो परिवारिक व्यक्तिलाई सत्ताको लाभ नदिनू । लोहियाको पहिलो कुरा त बिपीले माने । तर, दोस्रो कुरामा बिपीको आफ्नै किसिमको तर्क थियो । उनी नेपालमा पढेलेखेका मान्छे भएको उत्तर दिन्थे । त्यसपछि लोहियाको भनाइ थियो, बिपी सामन्तवादतर्फ अग्रसर छन् ।

जयप्रकाश नारायणका कारण लोहियासँग बिपीको दुरी केही बढे पनि उनीप्रति बिपीको श्रद्धा थियो । २००७ सालपछि पनि प्रजातान्त्रिक परिपाटी स्थापना गर्न रस्साकस्सी गरिरहेका बिपीलाई एकपल्ट लोहियाले सोधेका रहेछन्, ‘तँमाथि थियोमिचो भयो । राजा, राजपरिवारबाट मात्र होइन, तेरै आफ्नो परिवारबाट पनि । उनीहरुको विषयमा तेरो धारणा के छ ?’

बिपीका उत्तर थियो, ‘मैले राज्य गर्दा त्यहाँ चोर पनि हुन्छन्, फटाहा पनि । सबैको नेतृत्व मैले गरेको हुन्छु । त्यसैले, एउटा असल व्यक्ति आफ्नो अभियानमा कहिल्यै विचलित हुँदैन ।

उनले त्यतिबेलै जवाहरलाल नेहरुको विषयमा आफ्नो धारणा पोखेका थिए, ‘नेहरु मसँग कुरा एउटा गर्छन्’ काम अर्को । उनले मलाई प्रयोग गर्न खोजे ।’

त्यस्तै, बिपी आफ्नो दुःखका विषयमा बनारसमा आफ्ना नजिकका साथीसँग भन्ने गर्थे, ‘खोलाको ढुंगालाई कालिगढले खोजेर ल्याउँछ । त्यो ढुंगाले थुप्रै हम्मर खान्छ । घन खान्छ । कुन्जाको चोट खान्छ । त्यसपछि उसको हाट बन्छ । खुट्टा हुँदै अनुहार बन्छ । र, पछि त्यो भगवान बन्छ । सबैले त्यो ढुंगालाई पूजा गर्छन् । म पनि त्यस्तै हो । राम्रो मान्छे तयतिखेर बनिन्छ, जतिखेर घात, प्रतिघात र हन्डर खाइन्छ ।’

उनी भारतीय नेतालार्य स्पष्ट भन्थे, ‘मेरो मुटुको सञ्चारमा तीन कुरा बग्छन् – राष्ट्रियता, प्रजातन्त्र र समाजवाद । यो मान्यताविरुद्ध म कहिल्यै सम्झौता गर्न सक्दिनँ ।’

बनारसमा बिपीसँग आबद्ध वकिलको ठूलै जमात थियो । सागरसिंह पहिल्यैदेखि बिपीसँग नजिक थिए । यतिसम्म नजिक कि, बनारसको चर्चित वकिल भए पनि २००७ सालमै उनी बिपीलार्य सहयोग गर्न बम बोकेर हिँडेका थिए ।

२०३१ सालमा हवाइजहाज अपहरण काण्डपछि दुर्गा सुवेदीलाई समेत उनले आफ्नो घरमा शरण दिएका थिए । त्यतिबेला पैसा समातिने डरले पैसालाई सुनमा परिवर्तन गरिएको थियो । त्यो सुन पनि उनकै अफिसमा, एउटा सामान्य झोलमा सागसब्जीले छोपेर राखिएको थियो । सागरले झोला हराउने डरले बिपीलाई घरभित्रै राख्न आग्रह गरेका थिए । तर, बिपीले नै अफिसमा राख्न सुझाव दिएको थिए । बिपीको तर्क थियो, पुलिसले छानबीन गरेको खण्डमा घरबाट सामान बरामद भयो भने पक्राउ परिन्छ । तर, अफिसमा बाहिरी व्यक्तिले थाहा नपाउनेगरी छोडेर गयो भन्ने तर्क राखेर छुट्न सकिने उनको भनाइ थियो ।

सागरका भतिजा विनोदसिंह, बिपीले त्यो सुन हात पनि नलगाएको बताउँछन् । ‘एकदिन राति १२/१ बजेको हुनुपर्छ, शैलजा (आचार्य) र एकजना गोरो अनुहारको केटो आएर ज्याकेटभित्र हालेर त्यो सुन लगे,’ बनारसउका वरिष्ठ वकिल विनोद भन्छन् ।
समाजवादी आन्दोलनमा होमिएकाले बिपीसँग नेहरुको आफ्नै किसिमको ‘रिजर्भेसन’ थियो । नेपाल र भारत दुवै राजनीतिमा पकड बनाएका कारण नेहरु त्यति खुसी थिएनन्, बिपीसँग । तर, यति हुँदाहुँदै पनि उनी बिपीको बौद्धिकता र निष्ठावान राजनीतिबाट प्रभावित थिए । उनी धेरैलाई भन्ने गर्थे, ‘राजनीति सिक्ना हे तो बिपीके पास जाओ (राजनीति सिक्नु छ भने बिपीसाग जानू) ।’

२०२५ सालमा नेपालबाट निर्वासित भए बनारस गएपछि बिपीलाई स्थानीय व्यक्तिले ठूलो सम्मान दिए । भारतीय सरकारले पनि सुरक्षा दियो । त्यतिबेला बनारसमा बिपीको विषयमा एउटा भनाई निकै चर्चित थियो, ‘भारतमे दो प्रधानमन्त्री हैँ (भारतमा दुईजना प्रधानमन्त्री छन्) ।’

जवाहरलाल नेहरुको घरमा भारतीय नागरिकभन्दा बाहिरका दुईजना व्यक्तिलाई मात्र बिनासुरक्षा प्रवेश गर्ने अनुमति थियो । ती दुई व्यक्ति थिए, बिपी र बिपीपत्नी सुशिला ।

बिपी बनारस बस्दा उनको गतिविधि नियाल्न नेपालभन्दा बढी जासुस त्यहीँ खटिएका थिए । इन्दिराले पनि समाजवादी आन्दोलनलाई कमजोर तुल्याउन बिपी वरिपरि थुप्रै सुराकी छोडेकी थिइन् ।

एकपल्ट अनपढ र काम नपाएको भन्दै एकजना नेपाली केटो बिपी बस्ने घर आइपुग्यो । बिपीले माया लागेर उसलाई काम दिए । उसको काम थियो, खाना पकाउने । तर, एकदिन उसको पोल खुल्यो । त्यो केटो नेपाल सेनाको गुप्तचर थियो । उसलाई काठमाडौँबाट बिपीको गतिविधि नियाल्न पठाइएको रहेछ । पोल कसरी खुलेछ भने, घरमा केटाकेटी अंग्रेजी पढ्दा उच्चारणमा गल्ती गर्ने । हिसाब पनि उस्तै । त्यो केटोलाई दिक्क लागेछ । आफैँ सिकाउन थालेछ । कसले सिकायो भनेर खोजी हुँदा, पत्ता लाग्यो । त्यो केटो बाहिर गएको बेला गिरिजाबाबुले त्यसको सबै झोला खोलेर हेरेछन् । झोलामा नेपाल सेनाको कार्ड फेला प¥यो । त्यसपछि गिरिजाबाबुले त्यसलाई झन्डै मारेको । बिपीहरुले नै भगाइदिएका रहेछन् ।

सुरुमा नास्तिक भए पनि पछि बिपीको धर्मप्रति केही झुकाव देखियो । उनी बनारसका अघोरेश्वर भगवान रामजीका भक्त थिए । अघोरेश्वर बिपीलाई पनि खुब मान्थे । धर्मप्रति बिपीका आफ्नै तर्क थियो, जो परिश्रमी छ, जसले अरुको भलो चिताउँछ, जो स्पष्ट धारमा हिँड्छ, त्यो व्यक्तिलाई देवीदेउता कसैले डगमगाउन सक्दैन ।

२०३३ सालमा नेपाल फर्किने बेला पनि बिपी अघोरेश्वरकहाँ पुगेका थिए, ‘अब देशमै गएर मुभमेन्ट चलाउँछु भन्दै । तर, अघोरेश्वरले देश फर्किए पनि खासै उपलब्धि नहुने भन्दै बिपीका लागि आफ्नै खर्चले पूजा लगाएका थिए । त्यसका लागि उनले बिपीको रुमाल मागेका थिए ।

भारतको थुप्रै समाजवादी नेतामध्ये चन्द्रशेखर पनि बिपीसँग निकै नजिक रहे । २०१७ सालमा बिपीलाई थुनामा राख्दा रिहाइको सबैभन्दा पहिलो वक्तव्य चन्द्रशेखरले नै निकाले । उनले थुप्रैपल्ट बिपीका रिहाइको माग गरे । पछिल्लो समय बिपीलाई चन्द्रशेखरको सुझाव थियो, नेपालमा प्रजातन्त्र स्थापनाको लागि कम्युनिस्टसँग मिलेर आन्दोलन गर्नुपर्छ । तर, बिपीको यसमा रिजर्भेसन रह्यो । उनले चन्द्रशेखरको यो कुरा मानेनन् ।

बिपीको निधनपछि आखिर चन्द्रशेखरकै अगुवाईमा कम्युनिस्टहरुलाई साथ लिएर कांग्रेसले २०४६ सालको आन्दोलन ग¥यो । बनारसमा नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठले पनि संयुक्त आन्दोलन गर्न बिपीसँग थुप्रैपल्ट आग्रह गरे बिपी पुष्पलाललाई निष्ठावान राजनीतिका लागि ठूलो आदर गर्थे तर, उनले पुष्पलालको आग्रहमा कहिल्यै सहमति जनाएनन् ।

बिपीको कुन्डली
बिपीको जन्म १९७१ भदौ २३ गते राति , २४ गते बिहानपख बनारसमा भएको थियो । त्यतिबेला इस्टघटीका ५७/०१, राषी–मेष, राषीको स्वामी–मंगल, नक्षत्र–अस्विनी र लग्न– सिंह थियो । बिपीको न्वारनको नाम चुडामणि हो ।

सिंह लग्नमै सूर्य बसेका कारण स्पष्ट विचारक र राजयोग कारक थियो । मुखमा बुध÷मंगल भएकाले साहित्य, कलाम अति धेरै प्रसिद्धि र अलगधारको नेतृत्व गर्न सक्ने क्षमता थियो । पराक्रम शुक्र भएकाले अति शक्तिशाली र पुरुषर्थी योग थियो । छैठौँ वउहस्पतिका कारण आजीवन रोग, पेटसँग सम्बन्धित, सातौँमा राहु बसेकाले र सूर्य र केतुले ग्रहण बनाएकाले क्यान्सर लामो समय रह्यो । सातौँ राहुले परिवार र श्रीमतीसँग लामो समय बस्न दिएन ।

सन्तानको घरको बुहस्पछि छैठौँमा बसेको भएर परिवारप्रतिको दायित्व निर्वाह गर्न सहयोग गरेन । नवौँ चन्द्रमाले अति धेरै तर्कवादी, कुनै पनि विषयमा तर्क नगरी विश्वस्त नहुने र धर्मप्रति तटस्थवादी बनायो । सती एकादश भावमा भएको हुनाले धन संग्रह कहिल्यै गर्न दिएन वृहस्पछि कमजोर, त्यसैले दुःख दियो, जेल÷नेल धेरै भोग्नुप¥यो । केतु र भ्रामरीको दशामा २०३९ सालमा निधन भयो ।

प्रकाशित मिति २५ माघ २०७४, बिहीबार १४:५२
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस