नरेश-मेक्समले ल्याए मर्मस्पर्शी गीत’रुँदैरुँदै तिम्रो शहर’ (भिडियो सहित)

काठमाडौं : गायक तथा शब्द/लय संकलक नरेश खाती क्षेत्रीले बाध्यताले विदेसिएका नेपाली युवाको कथाभाव बोकेको लोकदोहोरी गीत ‘रुँदैरुँदै तिम्रो शहर’ बजारमा ल्याएका छन्। मेक्सम खाती क्षेत्री र पूर्णकला वीसीको आवाजमा उक्त गीत तयार पारिएको छ।

उक्त गीतको म्युजिक भिडियोमा भूकम्पमा परी श्रीमान अपांग भएपछि बालबच्चा छाडेर बाध्यताले विदेसिन लागेकी महिला र आर्थिक समस्याले विदेसिन लागेको युवाको कथा प्रस्तुत गरिएको छ। उक्त गीतको म्युजिक भिडियो प्रकाश भट्टले निर्देशन गरेका हुन्। रञ्जिता गुरूङ, महेन्द्र गौतम, नरेश खाती क्षेत्री र सुनिता थापाको अभिनय रहेको म्युजिक भिडियो राजेश घिमिरेले छायांकन गरेका हुन्। गोरक्ष म्युजिक प्रालिले प्रस्तुत गरेको भिडियो विष्णु शर्माले सम्पादन गरेका छन्।

प्रकाशित मिति २६ माघ २०७४, शुक्रबार २३:५६
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस