राजनीतिका हिरो विपी कोइराला प्रेममा पनि यस्ता रोमान्टिक थिए

वी.पीको विवाह  साधारण रूपमा भएको थियो । उनले झापाका बडाहाकिम कमलप्रादकी छोरी शुशीलासँग, विवाह गरेका थिए । विवाह गर्दा पनि वी.पी.को आर्थिक अवस्था निकै कमजोड थियो । उनका साथी देवेन्द्रसँग ्चारपाँचसय रुपियाँ लिएर विवाह सुसम्पन्न गरे । वी.पी.को विवाहमा आमा बाबु दुवैको उपस्थिति थिएन । दाम्पत्व जीवन पनि सुखमय रह्यो । उनीबाट तीन छोरा र दुई छोरी जन्मे । छोरहरूमा प्रकाश, श्रीहर्ष र शशाङ्क हुन् भने छोरी एकको मृत्यु भएको र एक छोरी जीवित रहिन् ।

बिपी आफ्नो आत्मवृतान्तमा भन्नुहुन्छ  “सुशिला पहिला बिहे गरेर ल्याउदा राम्री थिनन तर पछि उनि यति राम्री भईन कि राजा पनि उनि संग हात समातेर नाच्न मन गरेजस्तो मलाइ लाग्न थाल्यो।”  बीपीले शुशिलाकै नाममा धेरै साहित्य रचना गरेको पछि सम्म पाइन्छ।

केहि ब्याक्तिहरुले उनको सुशिला बाहेक बाहिर पनि प्रेम थियो भन्ने गरेका छन् तर पारिवारिक श्रोतका अनुसार बीपीले आफ्ना साहित्यका पत्रहरुलाई वास्तविक जस्तै गरेर बर्णन गर्ने कारण  यस्तो हल्ला आयो।

बिपी ले यौन मानोबिज्ञानमा  साहित्य लेख्नुभएको छ सुम्निमा तिन घुम्ती जस्ता असाध्य प्रेमिल किताब बीपीका प्रकाशित छन्।

प्रकाशित मिति २ फाल्गुन २०७४, बुधबार १४:०४
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस