मेरो सिम्ता

सुर्खेत जिल्लाको पहाडी वेल्ट अथवा सिम्ता बेल्ट भनेर चिनिने एउटा अलगै सान्त सुन्दर र प्रकृतिले सुसोजित संसार हो । प्रकृतिले भरिभराउ र रितिरिवाज तथा चाडवाडले अनि सिम्ताका सुन्दर बनपाखा, चौतारी-भञ्ज्याङ र उकाली-ओरालीले झनै गहना थपेको छ ।

हामी सिम्तालीहरूको मिलनसार, मितब्यईता, सहयोगी भावना सायदै उदारणिय छ । ठकुरी,क्षेत्री, बाहुन र दलित जातीहरूको रमाईलो घरवारी हाम्रो सिम्ता हो । सिम्ताको काखैबाट बग्ने भेरी नदी बिहानपखमा बेशी- टारका सिम्तालीहरूलाई सुसेलीले जगाउदै हतारमा बग्ने गर्छ I चिमीरे भीर, भुजादेउ र गुडीभीरले ठटा गर्दै गाडीको झ्यालबाट हेर्ने यात्रुलाई डराउदै जिस्क्याउछ । मृत आत्महरूलाई अन्तीम मोक्षको लागी घाटपनि भेरीकै काखमा छ्न जस्मा: जुगईखोला, नाँडको काली, बालिखोलाको खोलाअम्रै मुढ, छारेगारको सिउरा मुढ र राकम ठिग्नि को मुढ I यीनै पवित्र स्थलमा लिएर मृत आत्मको दाहासंस्कार गराईन्छ, यी मोक्षघाटमा दाहा संस्कार गर्दा मृत आत्मले छिटै मोक्ष मिल्ने सिम्ताली जन बिस्वास भएको पाईन्छ ।

यहाँका प्रकृति पनि यस्तै खालका छन् काफलकोट सिरानमा रहेका लेख जहां प्रसस्त मात्रामा काफल पाईने हुदा चैत बैसाखमा काफल खानेको घुइचोले बडो रमणीय हुन्छ यस्का साथै ठाड र तिमीलसेनीको ठूलागैरामा पनि लालीगुरांसले त तरूण मनहरूलाई मोहीत पारिदिने गर्छ । यता भने पिल्कको जंगलहरू लहरेपाखा, वडापाखामा अग्ला सल्लाका रूखहरूले चैत बैसाखको हुन्डरीमा मुटु नै हल्लीने गरेर सुसेली दिन्छ । चोल्पाको लेखका बाँझ र बुरुस, उतिस रयाझको बाक्लो जंगल हुदा भित्री जंगलमा दिउसो नै अध्यारो बनेको हुन्छ । प्रकृतिका धरोहर मानिने : कोटेश्वरडाँडा, तामाचुली, गुमीचुला, वडालेख, घिमाने ई सिम्ताका सदिऔ देखीका रक्षक भएर आफ्नो शीरलाई ठडयाई रहेका छ्न । ईनिहरुको संरक्षण र प्रवन्धनको लागी सिम्तालि यूवाहरूले चासो लिएर प्रयटकीय स्थलको लागी दरो भुमीकामा तिव्र गतीले जुटी रहेका छन । भने देउलीडाँडा, काब्रा(पातीहाल्ना), जुम्लेअम्रै, घाटको चौर, रिठा(ठाँटी), खनेटा,छेरेखालि ईनहरुले पनि सिम्ताली बन्धुबान्धवत्व जोडने कार्यमा कहिल्यै पछि परेनन्, हरेक चाडवाडहरूमा मेला मा जम्मा भएर सालौ सालका माया पिरती साटिन्छ । ईस्ट मित्रहरूको भेटघाट भलाकुसारीको बाटो फराकीलो र आकाश जस्तै चौडा र समुन्द्र भन्दा गहिरो प्रगाढ बनाई दिन्छ ।

यहाँका देबस्थल: देउलीडांडामा बाउन मुरील्ला, मोमाई(जालपा बज्यै) देउना लापु, चोल्पा पातीहाल्ना सुब्बाबाजे, छारेगार गंगामाला, डाँडा खाली दर्का माई, पिल्क ; मस्ट मन्दीर राकम कालीकास्थान आदी आदी ख्यात-प्रख्यात देवस्थल पाईन्छन ।विकासको क्रमपनि तिव्रगतिले फड्को मार्दै छ । गोजि-देउली सडक, जामुने- चोल्पा सडक, गोजि- आली सडक, बाँखर्क-देउली सडक, सिम्ताका प्रत्यक गाँउ टोलहरु मोटर बाटोबाट कोही अछुत छैनन् । रातीको समयमा हाम्रो सिम्ता सौर्यउर्जाले झिलीमिली भएर चम्की रहेको हुन्छ, पेशामा कृषि क्षेत्रले बढि ओगटेको छ भने यहाँ का यूवा शक्ति भने बढि बैदेशिक रोजगारी तीर निरभरता बढि पाईन्छ ।

शैक्षिक स्तर तीर हेर्ने हो भने पनि साक्षरताले बढि क्षेत्र ओगटेको पाईन्छ । सुर्खेत जिल्लाको दोस्रो , सिम्ताको पहिलो र पुरानो हाईस्कुल जुन दुई हजार बाईसमा स्थापित भएको पिल्कको रातामाटा मा अवस्थित छ स्थापक स्वः मदन मल्ल ज्यूको पहलमा स्थापना भएको हो भन्ने बुझिन्छ ।बनपाखा, घांस दाउरा जाँदा सिम्तालि जनजिब्रोमा यी यस्ता भाखाहरु घन्कने गर्दछ्न:

”सुन्तले टाकुरीबाट रम्चाई राउने भेरी

सित्ती मन रुदैन मेरो सम्झि ल्याउदा खेरी

नेपाले भुजुङगी माथी खाजी उठे बौर

उडाउनेइए उडाई लैजा मेरी आमा ठौर

सिम्तादरा चिसो पानी अलैची दानैले

बैसैमा बिपत्ति परे रोजी फल खानै ले”

कला साहित्यक क्षेत्रमा पनि सिम्तालीहरू क्रमिक रूपले अगाडी बढि रहेको देखिन्छ ।

जस्मा सिम्ताली सादित्यकार जिवेन्द्र देव गीरी ज्यू वहाँले सिम्ताली भाषाको खोजिनितीमा बिशेष योगदान दिनु भएको छ । अर्का साहित्यकार पृथ्वीबहादुर सिंह ज्यू जस्ले सिम्तालाई नेपालको नक्सामा सिम्तालाई एउटा चम्कीलो टिकुली बनाउने प्रयासमा अथक अविरल यात्रामा दौडीरहनु भएको छ ।

‘कुईरीमण्डल, जव जनता बिउझन्छन,डेनमार्कको भ्रमण,तोरी लाहुरे आदि उहाँका कृतिहरूमा समाजलाई जन चेतना दिईएको छ । पत्रकारीता क्षेत्रमा पनि सिम्ताली यूवा अगाडी बढी रहेको पाईन्छ । रेडियो पत्रकारीता, पत्रिका पत्रकारीता तथा अनलाईन पत्रकारीतामा सिम्ताली यूवा पुगी सकेका छन । पत्रकारीताको क्षेत्रमा केही बर्ष अघि देखि पाईला टेकीसक्नु भएका सिम्तालीयूवाहरु गणेशकन्चन भारती, काशिराम शर्मा,मधुबन बि.सि. र कमल सिम्ताली ज्यू को पनि सिम्ता प्रती आघाद स्नेह राख्नु भएको छ। सिम्ताली ” सिम्ताको चिनारी” नामक लेखका लेखक हुनुहुन्छ ।

राजनितीक बिसयमा भने भारती, शर्मा, बि.सि. र सिम्ताली चारै जना बढि रुचि राख्ने देखिन्छ ।
पाठक बृन्द! सिम्तामा कुनै विशेष बस्तु छुट्न सक्छन यो लेखमा त्यस्लाई वास्ता नगरेको नठानि दिनु होला । र लेखाईमा कुनै त्रुटि त अवश्य होला सच्याई दिनु होला भने आशामा छु । यो लेखमा कुनै प्रति जिज्ञासा भएदेखि सकेसम्म मेरो क्षमताले भ्याएसम्म जवाफ दिने छु । जस्को लागी ईमेल ठेगाना : tapikumar.t@gmail.com मा खबर पठाउनु होला । कस्तो लाग्यो सलाह सुझाव को लागी प्रतिकृया बक्समा भेटौला । लेख पढिदिनु भयो यस्को लागी मुरी मुरी धन्यबाद ! जय सिम्ता …

प्रकाशित मिति ४ फाल्गुन २०७४, शुक्रबार १०:१९
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस