यस्तो छ विश्वकप छनोट यात्रामा क्रिकेटसँग जोडिएको नेपालको भावनात्मक सम्बन्ध

नेपाल मात्र यस्तो देश हो, जसले सानो खुसीलाई पनि ब्रान्डेड बनाइदिन्छ।

त्यही खुसी ब्रान्डेड बन्यो नेपालका लागि। विश्वका अन्य देशका लागि औसत मानिएला तर नेपालका लागि विश्वकप छनोट यात्राका दौरान जे भयो, त्यो ब्रान्डेड नै भयो। त्यही भएर त अन्तर्राष्ट्रिय सञ्चार माध्यामहरूले लेखे ‘खेलाडीहरू नै नायक भएको देश।’ निर्धारित ५० ओभरमा १९५ रनको लक्ष्य पछ्याउँदै थियो र नेपालको अवस्था १४४ मा नौ विकेटमा रहँदा पनि समर्थकले स्क्रोल रिफ्रेस गर्न छोडेका थिएनन्, जहाँबाट जीत निकाल्नु असम्भवप्राय: मानिएको थियो। अझ भनौँ, निकै दुर्लभ संयोग मिल्यो र जीत निकाल्यो। यो नेपाली क्रिकेटको विश्व क्रिकेट लिग डिभिजन २ को एक प्रसंग हो।

जीतका लागि ५१ रन चाहिएको अवस्थामा २०१८ फेब्रुअरी १४ को साँझ नेपाली टोलीका लागि अन्तिम विकेटको रूपमा मैदान प्रवेश गरेका सन्दीप लामिछानेले करण केसीसँग मिलेर यो कीर्तिमान बनाएका थिए। १८ बलको सामना गर्दै पाँच रन बनाएका सन्दीपले करणलाई साथ दिएका थिए भने बाँकी काम करणले तमाम गरिदिए। करण उच्च तहका ब्याट्सम्यान होइनन्, तर उनले जे गरे, त्यो उच्च तहका ब्याट्सम्यानकै लागि पनि सहज थिएन। १०औँ स्थानका खेलाडी करणको यो प्रदर्शनले उनलाई निकै चर्चामा ल्यायो भने नेपालीहरूमा असीमित खुसीको सञ्चार छिनभरमै सम्भव बनायो।

विजयी रन बटुल्नासाथ ‘नेपाल यु ब्युटी’ र ‘पार्टी विल गो अन अल नाइट’ ट्रेन्डिङकै रूपमा सामाजिक संजालमा भरियो। केन्याविरुद्धको अघिल्लो खेल पनि नेपालले अन्तिम बलमै जितेको थियो र यसले सबैमा राहत दिएको थियो। यस अविश्वसनीय नतिजाले नयाँ आशाको सञ्चार गराएको थियो। त्यही क्षण नेपालका लागि कुनै उत्सवभन्दा कम थिएन। अहिलेसम्म नेपालले एक दिवसीय विश्वकप क्रिकेटमा सहभागिता जनाएको छैन तर क्यनाडामाथिको जीतले नेपाललाई विश्वकपको नजिक पुर्‍यायो। नेपालले विश्वकप २०१८ का लागि छनोट खेल केही दिनपछिबाट औपचारिक सुरुवात गर्दै छ र प्रतीक्षामा छन्, हजारौँ नेपाली समर्थक। नेपालमा क्रिकेटको क्रेज सामाजिक संजालबाटै नेपालमा क्रिकेट क्रेज कस्तो छ भन्ने कुराहरू बुझ्न सहजै सकिन्छ। नेपाली टोलीको खेल हेर्नका लागि मानिसहरूले सबै काम छाड्न पनि पछि पर्दैनन्।

नेपालका छिमेकी देशहरूले गर्दै आएको विजयको स्वागत यस पटक नेपालले पनि जीतपछिको उत्सव विश्वसामु देखाउने मौका पायो। अफगानिस्तान, बंगलादेश, पाकिस्तान र भारत जस्तै राष्ट्रिय टोलीको प्रदर्शनले उनीहरूका समर्थकको भीडमा निकै उत्साह ल्याउन सक्छ भन्ने प्रष्ट पार्‍यो र त ९ बजे राती पनि नेपाली झन्डासाथ समर्थक एयरपोर्ट पुगे। नेपालमा क्रिकेटको महत्त्व कति छ भन्ने जान्नका लागि २०७२ को विनासकारी भूकम्पपछिका केही घटनाक्रमलाई हेर्न सकिन्छ। मलेसिया क्रिकेट संघले राहत संकलन स्वरूप टी-२० खेलको आयोजना गर्ने निर्णय गर्‍यो, जसमा नेपाल र चर्चित खेलाडी सनथ जयसुर्या, मार्कस स्टोइनिस र स्टिभ ओ किफ सम्मिलित समूह विश्व ११ बीच खेल भयो। स्कटल्याण्ड क्रिकेटले पनि नेपालसँगको विश्व क्रिकेट लिग च्याम्पियनसीप खेलअघि राहत संकलन अभियान चलायो र नेपालले पनि एसिया , युरोप, अमेरिका रअस्ट्रेलियाका धेरै क्षेत्रहरूमा खेलहरूको आयोजना गर्‍यो।

यसले नेपालीलाई भूकम्पबाट तंग्रिन ठूलो राहतको काम गरेको थियो। वर्षौंदेखिको युद्धले तहसनहस भएको अफगानिस्तानमा जस्तै नेपालमा पनि क्रिकेट र क्रिकेट खेलाडीलाई निकै सम्मान गर्ने गरिन्छ। सन् २०१८ को विश्वकप छनोटमा पर्न सफल भएर स्वदेश फर्कंदा नोपाली टोलीलाई भव्य स्वागत गरियो भने नेपाल सरकारले उक्त टोलीका हरेक सदस्यलाई जनही तीन लाख रुपैयाँ पुरस्कार दियो।यसले राज्यले खेलकुदलाई कति सम्मान गर्छ भन्ने पनि देखायो। नयाँ उचाइ चुम्दै नेपाली क्रिकेट २०औँ शताब्दीको सुरुवातमा राणाहरूले नेपालको रोयल्टीको प्रयासबाट क्रिकेटको सुरुवात गरेका थिए। सन् १९५१ को आन्दोलनपछि यसले सार्वजनिक खेलको रूपमा स्थान पायो। सन् १९८८ मा नेपाल आइसिसीको सदस्य भएपछि क्रिकेटप्रति चासो र यसमा लगानीको सुरुवात भएको थियो। सन् १९९६ मा आइसिसीको एसोसिएट सदस्य भएसँगै नेपालले एसियाली क्रिकेट काउन्सिल (एसीसी) ट्रफीमा सहभागिता जनायो।

त्यसै वर्ष नेपालमा केवल टिभीको संचालन सुरु भयो र त्यसबेला सन् १९९६ को विश्वकप क्रिकेट निकै हेरिएको मानिन्छ। त्यसपछि एसोसिएट देशको रूपमा नेपालीहरूमा क्रिकेटप्रति लगाव हुन धेरै समय लागेन। सन् २०१० मा विश्व क्रिकेट लिग डिभिजन ५ को विजेता भएको नेपाल सन् २०१२ मा डिभिजन ४, २०१३ र ०१४ मा डिभिजन ३ को विजेता हुँदै २०१५ मा डिभिजन २ मा बढुवा भएको थियो। त्यसपछि सन् २०१५ देखि २०१७ मा डिभिजन टु च्याम्पियनसीपमा सातौँ स्थानमा चित्त बाुझाउँदै डिभिजन टुमा झरेको नेपालले सन् २०१८ को सुरुवातमै पुन: दोस्रो स्थान हात पार्दै विश्वकप छनोटमा स्थान बनायो।

यस क्रममा सन् २०१४ मा २०-२० विश्वकपको प्रथम चरणमा छनोट हुनु र २०१३ को २०-२० विश्वकप छनोटमा आयरल्याण्ड र अफगानिस्तानपछि तेस्रो स्थान प्राप्त गर्नु नेपाली क्रिकेटको ठूला उपलब्धिका हुन्। नेपालको खेल यतिमै सीमित रहेन। सन् २०१४ को २०-२० विश्वकपमा हङकङ र अफगानिस्तानलाई पछि पार्दै विश्वकप खेल्ने अवसर पनि पायो तर बंगलादेशसँग सनसनीपूर्ण प्रदर्शन गर्दै पराजित भए पनि नेपालले विश्वमा आफ्नो प्रभावशाली छवि छोड्न सफल भएको थियो।

प्रकाशित मिति १६ फाल्गुन २०७४, बुधबार २२:१४
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस