कोदि आमा समुहको सचिवालय भवन शिलान्यास

पोखरा लेखनाथ महानगरपालिका वडा न.२२ मा अवस्थित कोदि आमा समुहको सचिवालय भवन शिलान्यास  तथा जग्गादाता सम्मान कार्यक्रम सस्थाका अध्यक्ष श्रीमती दुर्गा लामिछानेको अध्यक्षतामा सम्पन्न भयो ।

पो.ले.म.न.पा-२२ का वडा सदस्य श्री मातृका प्रसाद बराल ज्युको प्रमुख अथित्यतामा सम्पन्न उक्त कार्यक्रममा सस्थाको सचिवालय भवन निर्माणका लागी आवस्यक जग्गा प्रदान गर्ने स्व.कृष्ण प्र.लामिछानेका छोरा श्री बुद्धि प्र.लामिछाने र उहाँको परिवारलाई दोसल्ला ओढाइ सम्मान गरिएको थियो ।

फुलको गमलामा जलसेचन गरि उद्घाटन गरिएको कार्यक्रममा भवन निर्माण स्थलसम्म पुग्न आवश्यक बाटोको लागी जग्गा प्रदान गर्ने स्थानिय यम प्रसाद बराललाई पनि सम्मान गरिएको थियो ।

यस कार्यक्रम सस्थाका सदस्य श्रीमती अमृता खत्रीले सन्चालन गर्नु भएको थियो भने सस्थाका सचिव श्रीमती भिममाया शर्मा ढकालले स्वागत मन्तव्य राख्नु भएको थियो । यसैगरी विभिन्न सस्थाका अध्यक्ष तथा पदाधिकारीहरुले आ-आफ्ना भनाइ/मन्तव्य राख्नु भएको थियो  ।

प्रकाशित मिति १९ फाल्गुन २०७४, शनिबार १९:३६
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस