जुम्ल्याहा छोराकी आमा बनेर सन्नी लियोनीले दिइन् सरप्राइज

पोर्न स्टारबाट भारतीय फिल्म उद्योग बलिउड प्रवेश गरेकी सन्नी लियोनी जुम्ल्याहा बच्चाकी आमा बनेकी छन्।

एकवर्ष अघि मात्र एउटा बालिकालाई धर्मपुत्रीका रुपमा ग्रहण गरेका सन्नी लियोनी र उनका पति डेनियल बेबरले हालै मात्र आफूहरू जुम्ल्याहा बच्चाका आमाबाबु बनेको घोषणा गरेका हुन्। जुम्ल्याहा बच्चा दुवै छोरा हुन्। जसको घोषणा सन्नी र उनका पति डेनियलले सामाजिक सञ्जालमार्फत गरेका हुन्।

यो जोडीले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको फोटोमा दुईओटा बच्चालाई दुवैले काखमा राखेका छन् भने गतवर्ष धर्मपुत्रीका रुपमा ग्रहण गरिएकी छोरी पनि देखिएकी छन्। सन्नी लियोनीले फोटोबारे लेखेकी छन्, ‘यो भगवानको कृपा हो! २१ जुन २०१७ त्यो दिन डेनियल र मलाई हामी केही समयमै तीन बच्चाका आमाबुबा बन्दैछौं भन्ने थाहा भएको थियो।’

उनले अगाडि लेखेकी छन्, ‘हामीले योजना बनायौँ र परिवारलाई अगाडि बढाउने कोसिस गर्‍यौँ। धेरै वर्षपछि अशरसिंह वेबर, नोहासिंह वेबर र नीशा कौर वेबरसँगै यो परिवारले अन्ततः पूर्ण आकार लिएको छ।’ नवजात दुई छोराहरूबारे उनले लेखेकी छन्, ‘हाम्रा छोराहरूको जन्म केहीदिन पहिले भएको हो। तर, हाम्रा योजनामा यी वर्षौं पहिले जन्मिएका थिए।

ईश्वरले हाम्रालागि खास योजना बनाएका थिए र हामीलाई यो परिवार मिल्यो। हामी तीन धेरै सुन्दर बच्चाहरूका आमाबुबा बन्यौँ र गौरवान्वित छौ। यो सबैका लागि सरप्राइज हो।’ सन्नी लियोनीले उक्त फोटो सार्वजनिक गरेपछि कसरी बच्चा जन्माइन् भनेर प्रश्न गरिएका थिए। त्यसपछि सन्नी लियोनीले आफ्ना बच्चाहरू सेरोगेसीबाट जन्माएको स्पष्ट पारेकी छन्।

प्रकाशित मिति २२ फाल्गुन २०७४, मंगलवार २१:३२
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस