प्रम ज्यु संसद भवन अपराधि लुकाउने अखडा हो र ?

फागुन २१ – ‘ठुलालाई चैन, सानालाई ऐन’ शब्दावलीको अर्थ सम्भवतः यो देशका नागरिकहरु कसैलाई सिकाउनु पर्दैन । जीवन ब्यबहारमा हरेक पटक भोगेका नागरिकहरु यस बिषयमा जानकार छन् । यो शब्दावलीको बर्ण र चरित्रबारे आफै भुक्तभोगी भएका आम नागरिक सामु व्याख्या गरिरहनु मुर्खता हुनेछ ।

जसरि अँध्यारो रात खेप्नेहरुले उज्यालो दिनको महत्व बुझिसकेका हुन्छन, त्यसैगरी विभेद भोगेकाले समानताको महत्व र परिभाषा स्वतस्फूर्त थाहापाएका हुन्छन, अर्थात सिकाएको भन्दा ब्यबहारमा भोगेको शिक्षा कैयौ गुणा शक्तिशाली हुन्छ ।

त्यसकारण हाम्रो राज्य व्यबस्थाको कानुनको प्रयोग विभेदपूर्ण छ भन्ने कुरा देशका हरेक नागरिकहरु जानकार छन् ।

प्रधानमन्त्री ओली ज्यु ।

अब दायाबाँया नअल्मलिकन सिधै बिषय बस्तुमा प्रवेश गरौ । अपराधि मानिएको नबराज सिलवाल आज तपाईको नेतृत्व एमालेको आडमा संसद भवन भित्र छिर्यो । पुलिसले खोजिरहेको फरार अभियुक्त तपाईको आडमा संसद भवन भित्र छिर्नु नेपाली जनताको लागि दुर्भाग्य हो, किनकि किर्ते दलालहरु देश र जनताका दुश्मन हुन् ।

सर्बोच्च अदालतले दोषी ठहर गरेका सिलवाल जस्ता कृते दलालहरु तपाइको पार्टीको आडमा संसद भवनमा दिउसै परबेश गरे किन ? के यसरि देशको कानुनको धज्जी उडाउन पाइन्छ ?प्रधानमन्त्री ओलि नेतृत्व सरकारले ‘ठुलालाई चैन, सानालाई ऐन’को विभेदपूर्ण कानुन किन लाद्दै छ ?

उसो त कानुन माथिको यो ‘विभेद’ भन्ने शब्द देशको संबिधानबाट खारेज भैसकेको छ । तर प्रधानमन्त्री ओली ज्युको दिमाखबाट अझै खारेज नभएको देख्दा म जस्ता उहाँ प्रति आशा राख्ने युवाका मनहरु भड्किएका छन् ।

देशको सुरक्षाकर्मी प्रहरीले भट्टेडाँडामा दिनरात नभनी खोजिरहेका फरार अभियुक्त नबराज सिलवाललाई तपाईले नै संसदभवन भित्र सुटुक्क छिराउनु अचम्म भएन र ?

के त्यो संसद भवन अपराधीहरु लुकाउने घर हो ? कानुनको सुन्दर मर्यादा बोकेको घर भित्र अपराधिक बिल्ला भिरेका नवराज सिलवाल किन घुस्यो आज ?

प्रधानमन्त्री पदले देशको कानुनको धज्जी उडाउन कदापि मिल्दैन । यो देशको सर्बोच्च अदालतले दोषी ठहरगरि पक्राउ वारेन्ट जारिगरेका नबराज सिलवाल केपी ओली नेतृत्वको सरकारले संसद भवन भित्र छिराएर किन संरक्षण गर्यो ? यो अत्यन्त गम्भीर बिषय हो ।

भलै तपाईको राजनीतिक आस्था एमाले हो तर यतिबेला तपाई देशको प्रधानमन्त्री हो । नवराज सिलवालहरु अपराधिक कार्यबाट बच्न एमालेको रङ्गधारण गरेकै आधारमा संरक्षित हुन पाउने सिद्धान्त मदन भण्डारीको जबजमा कहाँ उल्लेख भएको छ ओली ज्यु ?

यो देशको सिंगो पुलिस प्रशासन फरार अपराधि सिलवाल खोज्न बिभिन्न हत्कण्डा प्रयोग गर्यो तर केपी ओलीको आडमा अपराधी नबराज सिलवालले राज्यको प्रशासनिक संयन्त्रलाई चक्मा देखाएर संसद भवन भित्र पस्यो ।

प्रधानमन्त्रीको यस्तो अपराधी बचाउ कार्य जनघाती कार्य हो, जो ठुलालाई चैन, सानालाई ऐनको पराकाष्ठा हो ।

गृहमन्त्री ज्यु ? यो देशको अपराधीलाई पक्राउ गर्न कसले छेकेको छ ?

एमाले सांसद नवराज सिलवाललाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयले देशभर पत्राचार गर्यो । त्यतिले मात्र पुगेन सिलवाललाई खोज्न इन्टरपोलमा डिफ्यूजन नोटिस जारी गर्यो । अझै पुगेन, त्यसपछि इन्टरपोलमा डिफ्युजन नोटिस जारी भएपछि सिलवाललाई १९२ देशका प्रहरीले नै निगरानीमा राखे तर पनि फेला परेन ।

बिर गोर्खालीहरु जाबो नाथे सिलवाललाई पक्राउ गर्न नसक्ने यति कमजोर भएकै हुन त गृहमन्त्री रामबहादुर थापा ज्यु ? बहादुर सिपाही कै कारण बिश्व शान्ति सेनामा पहिलो स्थान पाउने जासुसी नेपाली सिपाहीहरु जाबो एउटा सिलवाललाई समात्न कसरि चुके ? कारण प्रष्ट छ केपी ओली एमालेको अध्यक्ष भएर देशको प्रधानमन्त्री हुँदा बिर गोर्खाली फौजले आज फेल खाएको हो ।

इतिहास साँची छ, नालापानीको लडाई हाम्रै गद्दार नेपालीको कारण हारेका हौ । सिलवाल प्रकरणमा हार्ने देशको प्रशासन केपी ओलीका कारण हारेका हुन् । हरेक नेपालीले जानी राखौ । पोष्टपाटी बाट,

प्रकाशित मिति २४ फाल्गुन २०७४, बिहीबार १०:३२
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस