अपडेट:​विमान दुर्घटनाः मृतक ४८ पुगे, ८ को अस्पतालमा निधन(लाइभ भिडियो अपडेट हेर्न यहा क्लिक गर्नुहोस )

२८ फागुन, काठमाडौं । यूएस एयरको विमान दुर्घटनामा ४८ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

ढाकाबाट काठमाडौं आएको विमान त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा दुर्घटना भएको थियो । दुर्घटना स्थलमा ४० जनाको शव संकलन गरिएको छ ।
३१ जनाको उद्दार गरिएकोमा ८ जनाको मृत्यु भएको एसएसपी पूर्णचन्द्र जोशीले जानकारी दिए ।
मृतकको संख्या बढ्नसक्छ ।

विमान दुर्घटनामा परेका ३० यात्रुहरुलाई सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा पुर्‍याइएको छ ।

अस्पताल लगिएकामध्ये ८ जनालाई चिकित्सकले मृत घोषणा गरेका छन् । बाँकी २२ जनाको उपचार भइरहेको छ ।

अस्पताल परिसरमा यात्रुका आफन्तहरुको भीड लागेको छ । र यहाँ आफन्तजनको रुवाबासीले वातावरण स्तब्ध बनेको छ ।

प्रकाशित मिति २८ फाल्गुन २०७४, सोमबार १७:०६
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस