ओली जस्ता नेता भएको देशमा काम गर्नु पनि धिक्कार लाग्छ – विजय लामा

काठमाडौं– नेपाल वायु सेवा निगमको ठूला जहाजलाई बेवास्ता गर्दै प्रधानमन्त्री केपी शर्मा ओली जम्बो टोलीसहित हिमालय एयरको जहाजमा चीन गएसँगै क्याप्टेन विजय लामाले कडा प्रतिक्रिया जनाएका छन् ।

उनले आफ्नो कर्मलाई धिकार्दै यस्तो देशमा बस्नुको समेत अर्थ नभएको बताएका छन् ।
‘के बस्नु यस्तो देशमा, जुन देशमा नेताहरुले रास्ट्रिय ध्वजाको कदर गर्न जान्दैनन’, उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘धिक्कार्छु आफ्नो कर्मलाई यस्तो अवस्था आउँदा पनि केहि गर्न नसक्दा ।’
उनले प्रमसहितको टोली ध्वजावहाकलाई बेवास्ता गर्दै चीन उड्दा आफूले ठूलो पीडा महुसुस गर्नुपरेको समेत बताएका छन् ।

उनले प्रश्न गर्दै अगाडि भनेका छन्, ‘कहिलेसम्म हेर्नुपर्छ यस्ता कुराहरु ? कहिलेसम्म सहनुपर्छ हामीले यी सबै पीडाहरु ?, राष्ट्र र नेपालीलाई माया गर्ने नेताहरु कहिले आउलान् ? नेताहरुले जे गरेपनि ठीक त ?
उनले यसमा आफूले ट्वाल्ल परेर हेर्नुबाहेक केहि गर्न नसकिने पनि बताएका छन् ।

(यो समाचार सम्माननिय प्रधानमन्त्री के पी ओली अघिल्लो पटक प्रधानमन्त्री हुदाको हो, अब फेरि यस्तो गल्ति नहोस भनेर खबरदारीको लागि हामीले पुरानो अर्काइभबाट लिएका हौ -स  )

प्रकाशित मिति २९ फाल्गुन २०७४, मंगलवार ०९:५९
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस