बजेटको बारे कवि धुर्व पौडेलको मन छुने कविता

“कति पर्यो”

 

धनमन्त्रीले बजेट ल्याए सम्सदले सह्रनी गर्यो।

खबर पाए खुशी मिल्थ्यो मेरो भागमा कति पर्यो।

 

कोनि कत्ति खरब भन्थे पैसा त बर्बरी झर्यो।

गन्न जाँने खुशी मिल्थ्यो मेरो भागमा कति पर्यो।

 

स्वास्थ्यमा अरबौँ भन्थे सिटामोलले झर्यो ज्वरो।

बाँच्न पाए खुशी मिल्थ्यो मेरो भागमा कति पर्यो।

 

यातायातमा खरब भन्थे टीकटभाडा कतिबढ्यो।

चड्न पाए खुशी मिल्थ्यो मेरो भागमा कति पर्यो।

 

बिजुलीमा खरब भन्थे उर्जाको सङ्कटै टर्यो।

बस्न पाउँ उज्यालोमा मेरो भागमा कति पर्यो।

 

कबि धुर्ब पैडेल रामेछाप सैपु

प्रकाशित मिति २१ जेष्ठ २०७५, सोमबार ०९:४२
Loading...
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस