‘मधेश नेपाल होइन’ भन्नेलाइ देशभक्त युवाले दिए यस्तो चेतावनी, ‘सी.के राउतका हनुमानदेखि हेर्नुस के भने’

-दिलिप बाबु शिब

सि के राउत र उनका समर्थकले शहर घेरेर
‘Madesh Is Not In Nepal!’ ‘Madesh Will Be The New Country In Asia’ जस्ता नारा सहितको PlayCard उचालेका तस्बिर देख्नु भयो होला!

सिके राउत रअ’ले च्याखेमा राखेको एउटा गुलाम हो। सिके राउतलाई राज्य खण्डन गराउने पात्रको रुपमा प्रस्तुत गरेर भित्रिरुपमा प्रदेश नं २ लाई भारतको २३ औँ संघिय प्रदेश बनाउने भित्रि तयारी अर्कै छ।

आउदो एक देखि ढेड दशकमा नेपालको राजनितिमा अस्वभाविक परिवर्तन र ब्यबहारकि राष्ट्रबादको लहर नआउने हो भने हालको प्रेदेश नं २ नेपालबाट छुट्टिने पक्का पक्कि हो। बस यति हो भारतले प्रदेश नं २ लाई नया प्रदेश घोषणा गर्छ या अहिलेको बिहार प्रदेशमा गाभ्छ भन्ने बिषयमा अहिले भनि हाल्न सकिदैन।

अन्तराष्ट्रिय नियम बिपरित नेपाललाई ६ महिना सम्म नाकाबन्दि लगाएर नेपाली जनताको दैनिक जनजिवनलाई चरम कष्टकर बनाईसके पछि पनि रवाफमा मोदि जि नेपालको भ्रमणमा आउनु, त्यहाका जनताले ताम झामका साथ भगवान राम नै प्रकट भए बराबर अभिनन्दन दिनु र सरकारमा बिराजित तिनका नोकरले सभामा उतैबाट उपहारमा ल्याएको कुर्ता पाईजामा भिरेर उसैको भक्तिभावमा आफुलाई समर्पित गर्नु मात्रैले पनि यिनको चरित्रलाई उदांग पार्छ। खैर त्यसलाई एउटा संयोग मात्रै मान्ने हो भने पनि, प्रदेश २ मा भाजपा निकट(भाजपाको नेपाल शाखा) राजपका नेतालाई चुनाव जिताउन र मुख्य मन्त्रि बनाउन सम्म एमालेले खेलेको भूमिकाबाट यिनिहरुको भारत परस्त मनशायलाई उदांग पार्छ। राजपका नेता कार्यकर्ताको प्रमुख उद्देश्य र जिम्मेवारी यो ५ बर्ष भित्रमा प्रदेश २ मा भारत प्रति भरपूर शाहानुभूति र सकरात्मक सोचको उजागर गरिदिनु हुनेछ।

त्यसपछि मधेश टुक्र्याउनु पर्छ भन्ने हरुलाई सक्रिय बनाईन्छ! आन्दोलन हरुको प्रायोजन गरिन्छ, सयौ मान्छे मर्छन र त्यसपछि बन्ने सरकारमा प्रदेश २ भारतमा रहने या स्वतन्त्र बस्ने भन्ने बिषयमा जनमत संग्रह गर्ने आवाजहरु उठ्छन। जनमत संग्रहमाको पूर्बार्धमा बिहारीहरुलाई धमाधम नेपाल भित्र्याई ७०:३० के अनुपातमा बिहारी र नेपालको जनसंख्या बनाईन्छ। र जनमत संग्रहको नतिजालाई स्विकार्दै नेपालले प्रदेश नं २ लाई नेपालको नक्साबाट गुमाउछ। सि के राउत हरु लेण्डुप दोर्जे शरह हिरोबाट जिरो बनाईन्छन र त्यसको दीर्घकालीन लाभ राजपाका कार्यकर्ताले एकलौटि लिन्छुन।

त्यसपछि मात्रै नेपालमा संघियता अभिषाप हो भन्ने ज्ञान सबैले पाउछन। संघियता खारेजको आन्दोलन चल्छ, त्यो बेला सम्मपनि प्रचण्ड-ओलि जिउदो रहे! संघियता ऐतिहासिक उपलब्धि हो भन्दै देश संघिय संरचनामै चलिरहनुपर्छ भन्ने यि दुई या यिनका उत्तराधिकारी कोहि यि जस्तै दलाल मात्रै हुन्छन।

सम्भवत भारितय स्वार्थ पूरा भएपछि सुरक्षा चुनौतिको कारण सहित नेपाल- भारत खुला सिमाना भारतिय पक्षबाट बन्द गरिन्छ।
र नेपाल-भारतको सम्बन्ध पातलिदै जानेछ। त्यसैले यी सम्भावित खतराको अध्यन गरौ र

• राज्य खण्डनका मुद्दा उठाउनेलाई देशदोह्रि करार गरि देश निकाला या आजिवन कैद गरौ।

• अंगिकृत नागरिकता दिने ब्यबस्थामा कडाई गरौ। र अंगिकृतलाई बंशज बराबरको मताधिकार नदिऔ।

• समृद्दिको झुटा गफलाई टिकाउन भारत संग हात पछारेर भिक माग्ने र बदलामा प्राण सुम्पिने बानि बदलौ।

• भारतलाई छिमेकि भन्दा माथि उठेर मालिक बन्न नदिउ।

अन्यथा हामिलाई भयानक क्षति बेहोर्नबाट कसैले रोक्न सक्दैन!!

जय नेपाल

(लेखक हाल जापानमा हुनुहुन्छ। सामजिक बिकृति बिरुद्द गम्भीर अभिब्याक्ती दिने लेखका अरु लेखहरु पनि यहा क्रमश प्रकाशित हुनेछन्। )

प्रकाशित मिति ४ आश्विन २०७५, बिहीबार ०९:५८
 

  हामीलाई फेशबुकमा लाइक गर्नुहोस